विशिष्टकृत सेवा दिँदै भेरी अस्पताल « Khabarhub

विशिष्टकृत सेवा दिँदै भेरी अस्पताल


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेस्थित भेरी अस्पतालले आफ्ना बिरामीलाई दिने सेवालाई विशिष्टकृत सेवाका रुपमा रुपान्तरण गर्दै लैजान थालेको छ । अस्पतालको १३३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईले न्युरो, युरो, क्याथ ल्याबलगायत विभिन्न सेवा प्रदान गरेर विशिष्टकृत सेवातर्फ फड्को मार्ने प्रयास भएको बताए ।

उनले केही दिनअघि अत्याधुनिक एमआरआई मेसिन अस्पताल भित्र्याइएको जानकारी दिँदै भौतिक पूर्वाधारको विकास पनि क्रमिकरुपमा भइरहेको बताए । सरकारले यस अस्पताललाई एमडी र एमएस अध्ययन अध्यापनका लागिसमेत अनुमति दिएको छ ।

सो अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले भेरी अस्पताल सङ्घीय मातहतमा रहे पनि प्रदेश सरकारले पनि समन्वय गर्दै आएको उल्लेख गर्दै भएका स्रोतका आधारमा जनताले सेवा पाउनुपर्नेमा जोड दिए ।

अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतमा भएको कार्यक्रममा, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, नेकपा एमालेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, अस्पताल विकास समितिका पूर्वअध्यक्ष प्रमोद धिताललगायतले स्वास्थ्य सेवा सबैको पहुँचमा हुनुपर्ने आवश्यकता औँल्याए ।

विसं १९४७ मा पृथ्वीवीर डिपेन्सरीको रुपमा स्थापना भएको उक्त अस्पताल रत्नराज्य लक्ष्मीदेवी प्रसुति गृह हुँदै विसं २०२२ मा भेरी अस्पतालमा नामाकरण भएको थियो । अस्पतालमा अहिलेसम्म वर्षमा एक लाख ८० हजार चार सय ३२ ले सेवा लिएका छन् । एक सय ६५ बेड रहेको सो अस्पतालमा इमर्जेन्सी सेवामा २५ बेड रहेको छ । कार्यक्रममा २५ वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान पनि गरिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ३ : ३३ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,