रोल्पा अस्पतालमा चिकित्सक नहुँदा बिरामीलाई सास्ती | Khabarhub Khabarhub

रोल्पा अस्पतालमा चिकित्सक नहुँदा बिरामीलाई सास्ती


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

रोल्पा- रोल्पा अस्पतालमा चिकित्सक नहुँदा बिरामीले उपचारमा सास्ती भोग्नु परेको छ । विशेषज्ञ चिकित्सक १० र मेडिकल अधिकृत छ गरी १६ दरबन्दी रहेको उक्त अस्पतालमा हाल तीनजना चिकित्सक मात्रै कार्यरत रहँदा सेवा प्रभावित भएको हो । सङ्घ र प्रदेश सरकार दुर्गमका नागरिकप्रति उत्तरदायी नहुँदा यहाँका स्थानीय स्वास्थ्य सेवावाट वञ्चित भएका छन् ।

हाल एकजना चिकित्सकले दैनिक एक सय बढी बिरामीको उपचार गर्नुपरेको चिकित्सक रणबहादुर बोगटीले बताए । उनका अनुसार दैनिक एक सय ५० बढी बिरामी उपचारका लागि आउने गरेकाले केही वर्षअघिदेखि सुरु गरिएको जटिल प्रसूति शल्यक्रिया सेवा अवरुद्ध भएको छ । चिकित्सक बोगटीले शल्यक्रिया गर्न जनशक्ति अभावका साथै सहयोगी एनेस्थेटिक चिकित्सक नहुँदा सेवा प्रभावित भएको बताए । शल्यक्रिया गर्नुपर्ने प्रकृतिका बिरामीलाई अस्पतालले सेवा दिन नसकेपछि उनीहरु ठूलो धनराशि खर्चिएर जिल्लाबाहिर जान बाध्य भएका उनको भनाइ थियो ।

चिकित्सक बोगटीले पाँच वर्ष अस्पतालमा करार सेवामा कार्यरत चिकित्सक प्रकाश बुढाको करार अवधि सकिएपछि जटिल अवस्थाका सुत्केरीको शल्यक्रिया सेवा अवरुद्ध भएको जानकारी दिए । उनका अनुसार एघारौँ तहको एक विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिलेसम्म आठौँ तहभन्दा माथिका चिकित्सक आएका छैनन् ।

“नवौँ र दशौँ तहका जनरल फिजिसियन, पेडियाटिसियन, अव्सट तथा गाइनो, जनरल सर्जन, अर्थोपेडिक, एनेस्थेसियोलोजिष्ट, रेयिोलोजिष्ट, प्याथोलोजिष्ट र साइकाष्टिक गरी दश  कन्सल्टेन्ट चिकित्सकको दरबन्दी रहेकामा एकजना पनि कन्सल्टेन्ट चिकित्सक छैनन्”, उनले भने, “आठौँ तहका छ मेडिकल अधिकृतको दरबन्दी रहेकामा हाल एकजनाले सेवा दिइरहेका छन् ।” चिकित्सक लोकरत्ना ज्ञवाली निमित्त कार्यालय प्रमुखका रुपमा कार्यरत छन् । ज्ञवाली एकमात्र स्थायी चिकित्सक हुन् ।

एमडिपिजी चिकित्सक रणबहादुर बोगटी साइमन नामक संस्थाको सहयोगमा करार सेवामा कार्यरत छन् । रोल्पा अस्पतालमा कार्यरत चिकित्सक निरज घर्तीमगर पढाइ सकेर एक वर्ष दुर्गममा सेवा गर्न आएका हुन् । कार्यालय प्रमुख ज्ञवालीका अनुसार दैनिक कार्यालयको काममा व्यस्त रहनुपर्ने बाध्यताले अस्पतालमा दुईजना चिकित्सकले दैनिक एक सय ५०  बढी बिरामीको उपचार गरिरहेका छन् ।

करार सेवामा कार्यरत आधा दर्जन बढी चिकित्सकको सेवा नवीकरण नगर्दा अस्पतालमा जनशक्ति अभाव भएको उनको भनाइ थियो । प्रमुख ज्ञवालीका अनुसार डा आधार वली, चिकित्सक प्रकाश बुढा, डेन्टल सर्जन डा पूजा कुँवर, चिकित्सक तिलक डाँगी र चिकित्सक रेश्मा घर्तीमगरले करार नवीकरण नहुँदा अस्पतालबाट बाहिरिएका हुन् । उनीहरुमध्ये अधिकांश दुर्गममा अनिवार्य सेवाका लागि खटिएका चिकित्सक हुन्  ।

चिकित्सक कम हुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्रमुख ज्ञवालीको भनाइ छ । उनका अनुसार जिल्लामा अर्थो, पाठेघर सङ्क्रमण, पाठेघर खस्ने, यौन रोग, मानसिक रोग, कलेजोको रोगका बिरामी बढी आउने गरेका छन् । जिल्ला अस्पताल लामो समयदेखि प्रमुखविहीन छ । “प्रदेश सरकारले प्रादेशिक अस्पताल बुटवलबाट हाडजोर्नी विशेषज्ञ डा सोमबहादुर आलेलाई तीन महिनाका लागि काजमा यहाँ पठाए पनि उहाँ सरुवा भइसक्नु भएको छ”, उनको भनाइ छ । स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा यसरी चिकित्सकको अभाव हुनु सरकारको लाचारीपन भएको नागरिक समाजका अगुवा ओम केसीले बताए । “स्वास्थ्यजस्तो नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा राज्य गम्भीर नहुनु दुःखद हो”, उनले भने, “जिल्लाका जनप्रतिनिधि, राजनीतिक दललगायत सम्बन्द्ध निकायले अस्पतालमा चिकित्सक व्यवस्थापनमा ध्यान नदिनु लापरवाही हो ।”

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ४ : ३९ बजे

कार्यसम्पादन मुल्यांकन समयभित्र नबुझाउँदा कुलमानले शुन्य अंक पाए : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयभित्र कार्यसम्पादन मूल्याङ्कन

कांग्रेस तेलको कि पानीको ?

नेपाली कांग्रेसमा यतिखेर भावी नेतृत्वको चर्चा चलिरहेछ । वर्तमान सभापति

प्रधानमन्त्री रोजगार कार्यक्रम : स्थानीय तहबाट निवेदन माग

दमौली– जिल्लाका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचिकृत हुन

नेपालले प्यालेस्टिनलाई उपनिवेश बनाउने कोसिस भएको भन्दै विरोध (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय क्रान्तिकारी मोर्चाले पनि प्यालेस्टाइनमा भइरहेको इजरायल र अमेरिकी हस्तक्षेपविरुद्ध

इटहरीमा ट्राफिक व्यवस्थापनसम्बन्धी अभियान

इटहरी – इटहरीमा ट्राफिक प्रहरीले ट्राफिक नियम व्यवस्थापनसम्बन्धी अभियान सञ्चालन