कम्बोडियामा चिनियाँ प्रभाव विस्तार हुँदा दक्षिणपूर्वी एसियाका मुलुकहरु सशंकित | Khabarhub Khabarhub

कम्बोडियामा चिनियाँ प्रभाव विस्तार हुँदा दक्षिणपूर्वी एसियाका मुलुकहरु सशंकित


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले दक्षिणपूर्वी एसियाली मुलुकमा आफ्नो बर्चश्व विस्तार गर्दै गइरहेको छ । दक्षिणपूर्वी एसियाली क्षेत्रमा एक क्षेत्रीय शक्तिका रुपमा मात्र नभई विश्वमा नै आफ्नो प्रभाव विस्तार गर्ने चिनियाँ उद्देश्यका कारण छिमेकी मुलुकहरु अफ्ठेरोमा परेका छन् । यसबाट दक्षिणपूर्वी एसियाली मुलुकहरुले पनि चीनसँग सहकार्य गर्न सावधानी अपनाउन थालेका छन् ।

अत्यन्त महत्वकांक्षी मानिएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामार्फत विश्वको आर्थिक महाशक्ति बन्ने चिनियाँ उद्देश्यलाई लिएर अन्तर्राष्ट्रिय समुदाय चिन्तित छन् । आर्थिक रुपमा अस्थीर एवम् कमजोर मुलुकलाई बीआरआई परियोजनामार्फत उच्च ब्याजदरमा ऋण दिने र आफ्नो प्रभावमा पार्ने चिनियाँ रणनीतिका कारण श्रीलंका, पाकिस्तानजस्ता धेरै मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ ।

दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा पनि चीनले आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको छ । चीनप्रति बढ्दो निकटताका कारण पश्चिमा मुलुकसँग कम्बोडियाको परम्परागत सम्बन्धमा नकारात्मक असर पर्दै आएको विश्लेषकहरु बताउँछन् ।

चीनले कम्बोडियासँगको सुरक्षा सहकार्यलाई पनि महत्व दिइरहेको छ । यसबाट कम्बोडियाको स्वतन्त्र निर्णय लिने क्षमतालाई चीनले प्रभावित बनाउन खोजिरहेको आरोपसमेत लाग्दै आएको छ ।

हालै सार्वजनिक एक प्रतिवेदनका अनुसार सन् २०१९ मा मात्रै चीनले सुरक्षा सहायताका नाममा कम्बोडियालाई ८ करोड ४० लाख अमेरिकी डलर प्रदान गरेको छ । त्यसबाहेक सैन्य सम्बन्ध सुधारका लागि दुई मुलुकले नियमित सैन्य अभ्यास पनि सञ्चालन गर्दै आएका छन् ।

आक्रामक चिनियाँ नीतिका कारण कम्बोडियाको अर्थतन्त्र पनि चीनमा निर्भर हुँदै जान थालेको छ । सन् २०१९ मा कम्बोडियामा भित्रिएको झण्डै ४३ प्रतिशत प्रत्यक्ष विदेशी लगानी चीनबाट आएको थियो भने कम्बोडियाको ७० प्रतिशत पूर्वाधारका परियोजना पनि चिनियाँ लगानीमा निर्माण भइरहेका छन् । यसबाट कम्बोडियाको अर्थतन्त्र चिनियाँ वित्तमा परनिर्भर रहेको स्पष्ट हुने विश्लेषकहरु बताउँछन् ।

कम्बोडिया र दक्षिणपूर्वी एसियाका अन्य मुलुकमा पूर्वाधारका क्षेत्रमा लगानीबाहेक विकास सहायता र वित्तीय सहयोगका लागि पनि चीन प्रमुख स्रोतका रुपमा रहेको छ । कम्बोडियासँगै दक्षिणपूर्वी एसियाको अर्को मुलुक लाओसले पनि बीआरआईमा सामेल भएर चीनबाट लगानी भित्र्याएको छ । अब चीन दक्षिणपूर्वी एसियाली मुलुकहरुको संगठन आशियानमार्फत् क्षेत्रीय सहकार्य बढाउने प्रयासमा छ ।

यद्यपि कम्बोडिया र लाओसबाहेक दक्षिणपूर्वी एसियाका अन्य मुलुकमा चीनको रणनीति असफल साबित भएको विश्लेषकहरु बताउँछन् । आशियानका अन्य सदस्य राष्ट्रहरुले चीनप्रति सन्तुलित नीति लिएका छन् । यसबाहेक आशियानका अन्य सदस्य राष्ट्रहरु चीनप्रति विश्वस्त हुन नसकेको बताइन्छ । हाल चीनले पनि दक्षिणपूर्वी एसियाली मुलुकसँगको सम्बन्धलाई सुमधुर बनाउने प्रयत्न गरिरहेको छ । यद्यपि विगतमा दक्षिण चीन सागरमा आफ्नो प्रभुत्व स्थापित गर्न चीनले अघि सारेको ‘नाइन ड्यास लाइन’ का कारण पनि दक्षिणपूर्वी एसियाली मुलुकहरु चीनप्रति सशंकित हुँदै आएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ४ : ४८ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई