कम्बोडियामा चिनियाँ प्रभाव विस्तार हुँदा दक्षिणपूर्वी एसियाका मुलुकहरु सशंकित « Khabarhub

कम्बोडियामा चिनियाँ प्रभाव विस्तार हुँदा दक्षिणपूर्वी एसियाका मुलुकहरु सशंकित


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले दक्षिणपूर्वी एसियाली मुलुकमा आफ्नो बर्चश्व विस्तार गर्दै गइरहेको छ । दक्षिणपूर्वी एसियाली क्षेत्रमा एक क्षेत्रीय शक्तिका रुपमा मात्र नभई विश्वमा नै आफ्नो प्रभाव विस्तार गर्ने चिनियाँ उद्देश्यका कारण छिमेकी मुलुकहरु अफ्ठेरोमा परेका छन् । यसबाट दक्षिणपूर्वी एसियाली मुलुकहरुले पनि चीनसँग सहकार्य गर्न सावधानी अपनाउन थालेका छन् ।

अत्यन्त महत्वकांक्षी मानिएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामार्फत विश्वको आर्थिक महाशक्ति बन्ने चिनियाँ उद्देश्यलाई लिएर अन्तर्राष्ट्रिय समुदाय चिन्तित छन् । आर्थिक रुपमा अस्थीर एवम् कमजोर मुलुकलाई बीआरआई परियोजनामार्फत उच्च ब्याजदरमा ऋण दिने र आफ्नो प्रभावमा पार्ने चिनियाँ रणनीतिका कारण श्रीलंका, पाकिस्तानजस्ता धेरै मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ ।

दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा पनि चीनले आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको छ । चीनप्रति बढ्दो निकटताका कारण पश्चिमा मुलुकसँग कम्बोडियाको परम्परागत सम्बन्धमा नकारात्मक असर पर्दै आएको विश्लेषकहरु बताउँछन् ।

चीनले कम्बोडियासँगको सुरक्षा सहकार्यलाई पनि महत्व दिइरहेको छ । यसबाट कम्बोडियाको स्वतन्त्र निर्णय लिने क्षमतालाई चीनले प्रभावित बनाउन खोजिरहेको आरोपसमेत लाग्दै आएको छ ।

हालै सार्वजनिक एक प्रतिवेदनका अनुसार सन् २०१९ मा मात्रै चीनले सुरक्षा सहायताका नाममा कम्बोडियालाई ८ करोड ४० लाख अमेरिकी डलर प्रदान गरेको छ । त्यसबाहेक सैन्य सम्बन्ध सुधारका लागि दुई मुलुकले नियमित सैन्य अभ्यास पनि सञ्चालन गर्दै आएका छन् ।

आक्रामक चिनियाँ नीतिका कारण कम्बोडियाको अर्थतन्त्र पनि चीनमा निर्भर हुँदै जान थालेको छ । सन् २०१९ मा कम्बोडियामा भित्रिएको झण्डै ४३ प्रतिशत प्रत्यक्ष विदेशी लगानी चीनबाट आएको थियो भने कम्बोडियाको ७० प्रतिशत पूर्वाधारका परियोजना पनि चिनियाँ लगानीमा निर्माण भइरहेका छन् । यसबाट कम्बोडियाको अर्थतन्त्र चिनियाँ वित्तमा परनिर्भर रहेको स्पष्ट हुने विश्लेषकहरु बताउँछन् ।

कम्बोडिया र दक्षिणपूर्वी एसियाका अन्य मुलुकमा पूर्वाधारका क्षेत्रमा लगानीबाहेक विकास सहायता र वित्तीय सहयोगका लागि पनि चीन प्रमुख स्रोतका रुपमा रहेको छ । कम्बोडियासँगै दक्षिणपूर्वी एसियाको अर्को मुलुक लाओसले पनि बीआरआईमा सामेल भएर चीनबाट लगानी भित्र्याएको छ । अब चीन दक्षिणपूर्वी एसियाली मुलुकहरुको संगठन आशियानमार्फत् क्षेत्रीय सहकार्य बढाउने प्रयासमा छ ।

यद्यपि कम्बोडिया र लाओसबाहेक दक्षिणपूर्वी एसियाका अन्य मुलुकमा चीनको रणनीति असफल साबित भएको विश्लेषकहरु बताउँछन् । आशियानका अन्य सदस्य राष्ट्रहरुले चीनप्रति सन्तुलित नीति लिएका छन् । यसबाहेक आशियानका अन्य सदस्य राष्ट्रहरु चीनप्रति विश्वस्त हुन नसकेको बताइन्छ । हाल चीनले पनि दक्षिणपूर्वी एसियाली मुलुकसँगको सम्बन्धलाई सुमधुर बनाउने प्रयत्न गरिरहेको छ । यद्यपि विगतमा दक्षिण चीन सागरमा आफ्नो प्रभुत्व स्थापित गर्न चीनले अघि सारेको ‘नाइन ड्यास लाइन’ का कारण पनि दक्षिणपूर्वी एसियाली मुलुकहरु चीनप्रति सशंकित हुँदै आएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ४ : ४८ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र