वीर अस्पताल सुध्रिए देशभरका अस्पताल सुध्रिन्छन् : स्वास्थ्यमन्त्री बस्नेत « Khabarhub

वीर अस्पताल सुध्रिए देशभरका अस्पताल सुध्रिन्छन् : स्वास्थ्यमन्त्री बस्नेत


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको अवस्था सुधार भए देशभरको अस्पताल सुधार हुने बताएका छन् ।

वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफू लागिपरेको बताएका हुन् । उनले वीर अस्पताल सबै बिरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको दाबी गरे ।

ओपीडी सेवा बिहान ८ बजेदेखि बनाएको, अनलाईनबाट पनि टिकट काट्ने व्यवस्था लागू गरेको, भीआईपी र भीभीआईपी कक्ष दुईबाट बढाएर पाँच पुर्‍याएको र कर्मचारी समायोजनलगायतका सुधारको काम आफूले मन्त्रालय आएपनि गरेको उनले बताए । उनले वीर अस्पतालको इतिहासलाई समेत मध्यनजर गर्दै यसलाई राम्रोसँग सञ्चालन गरेर निजी अस्पताललाई चुनौति दिनसक्नुपर्ने धारणा राखे ।

१५ शैयाबाट सुरु भएको वीर अस्पतालमा अहिले ९६६ शैया सञ्चालन भएको छ । कार्यक्रममा मन्त्री बस्नेतले उत्कृष्ठ कार्य सम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ५ : ३८ बजे

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

बाँके– जिल्ला निर्वाचन कार्यालय बाँकेले अस्थायी मतदाताका लागि तीन मतदान

शरीर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

सिरहा– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई

नेपालमा क्यान्सरको भयावह रूप: वार्षिक २६ हजार नयाँ बिरामी, मृत्युदर घटाउन चुनौती

काठमाडौं – आज विश्व क्यान्सरविरुद्धको दिवस हो। क्यान्सरबाट हुने मृत्यु

सुनको मूल्य १४ हजार चार सयले बढ्यो : कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

एमाले पार्टी कार्यालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका सम्बन्धमा