वीर अस्पताल सुध्रिए देशभरका अस्पताल सुध्रिन्छन् : स्वास्थ्यमन्त्री बस्नेत « Khabarhub

वीर अस्पताल सुध्रिए देशभरका अस्पताल सुध्रिन्छन् : स्वास्थ्यमन्त्री बस्नेत


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको अवस्था सुधार भए देशभरको अस्पताल सुधार हुने बताएका छन् ।

वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफू लागिपरेको बताएका हुन् । उनले वीर अस्पताल सबै बिरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको दाबी गरे ।

ओपीडी सेवा बिहान ८ बजेदेखि बनाएको, अनलाईनबाट पनि टिकट काट्ने व्यवस्था लागू गरेको, भीआईपी र भीभीआईपी कक्ष दुईबाट बढाएर पाँच पुर्‍याएको र कर्मचारी समायोजनलगायतका सुधारको काम आफूले मन्त्रालय आएपनि गरेको उनले बताए । उनले वीर अस्पतालको इतिहासलाई समेत मध्यनजर गर्दै यसलाई राम्रोसँग सञ्चालन गरेर निजी अस्पताललाई चुनौति दिनसक्नुपर्ने धारणा राखे ।

१५ शैयाबाट सुरु भएको वीर अस्पतालमा अहिले ९६६ शैया सञ्चालन भएको छ । कार्यक्रममा मन्त्री बस्नेतले उत्कृष्ठ कार्य सम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ५ : ३८ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक