दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दिनभर आज राष्ट्रपतिबाट मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण,कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्ने देउवाकाे भनाई, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित, सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी गुरुङलाई, तीन दिनभित्र राप्रपा केन्द्रीय कार्यालय रहेको भवन खाली गर्न महानगरको निर्देशन, मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण, सुनको मूल्य ९०० रुपैयाँले घट्योलगायतका समाचारले मुख्य सथान पाए।

राष्ट्रपतिबाट मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण

मिटरब्याज पीडितलाई न्याय दिन भन्दै ल्याइएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।

संघीय संसदका दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब उक्त विधेयकले कानूनको रुप लिएको छ ।

कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन् । आज प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा सभापति देउवाले कांग्रेस र प्रजातन्त्रलाई बलियो बनाउनका लागि समाजबाट आएका सुझाव ग्रहण गर्दै कार्यान्वयन गर्ने बताए ।

प्रजातन्त्रलाई बलियो बनाउनेबारे समाजसँग बसेर पार्टीले विचार विमर्श गर्ने उनको भनाइ छ । सोही अवसरमा सभापति देउवाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे ।

कांग्रेस लोकतन्त्रको पक्ष र भ्रष्टाचारको विरुद्धमा बोल्नै नसक्ने अवस्थामा पुग्यो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतन्त्रको पक्ष र भ्रष्टाचारको विरुद्धमा बोल्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

शुक्रबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस पहिलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको र लोकतन्त्रको पक्ष र भ्रष्टाचारको विरुद्धमा समेत बोल्न नसक्ने अवस्थामा पुगेको बताएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।

अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी गुरुङलाई

नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरुङले सम्हालेका छन् ।

हालका प्रवक्ता कृष्णप्रसाद भण्डारी काम विशेषले कार्यक्रममा सहभागी हुन विदेश गएकाले केही समयका लागि महासेनानी गुरुङले निमित्त प्रवक्ताका रुपमा आजदेखि कार्यभार सम्हालेका हुन् ।

वीर अस्पताल सुध्रिए देशभरका अस्पताल सुध्रिन्छन् : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको अवस्था सुधार भए देशभरको अस्पताल सुधार हुने बताएका छन् ।

वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफू लागिपरेको बताएका हुन् । उनले वीर अस्पताल सबै बिरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको दाबी गरे ।

तीन दिनभित्र राप्रपा केन्द्रीय कार्यालय रहेको भवन खाली गर्न महानगरको निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यालय भवन खाली गर्न काठमाडौँ महानगरपालिकाले निर्देशन जारी गरेको छ ।

महानगरले माइकिङ गरी राप्रपाको केन्द्रीय कार्यालय भवन तीन दिनभित्र खाली गर्न निर्देशन जारी गरेको हो ।

मुलुकी फौजदारी कार्यविधि संशोधन विधेयक पारित नगर्न मानव अधिकार तथा शान्ति समाजको आग्रह

मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गरी संसदमा प्रस्तुत मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को संशोधन विधेयकप्रति ध्यानाकर्षण गराएको छ ।

सभामुख र अध्यक्षको कार्यालय सिंहदरबारमा आज भएको छुट्टाछुट्टै भेटमा शान्ति समाजका अध्यक्ष रामकृष्ण बरालले ज्ञापनपत्र प्रस्तुत गर्दै विधेयक तर्जुमा गर्दा नै लोकतन्त्र र आधारभूत स्वतन्त्रताका मूल्यप्रति संवेदनशील हुँदै नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय मानव अधिकार/मानवीय कानून अनुकूल हुनुपर्नेतर्फ ध्यानाकर्षण गराएको जानकारी दिए । संशोधन विधेयक पारित भएमा हिंसालाई वैधानिकता प्रदान गर्ने खतरा उनले बताए ।

कञ्चनपुरमा एक वर्षमा सर्पदंशका करिब तीन सय बिरामीको उपचार

कञ्चनपुरमा पछिल्लो एक वर्षमा सर्पदंशका करिब तीन सय बिरामीको सफल उपचार गरिएको छ ।

नेपाली सेनाको अर्जुनी ब्यारेकस्थित सर्पदंश उपचार केन्द्र तथा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा समेत सर्पदंशका दुई सय ९४ बिरामीको उपचार गरिएको हो ।

लमजुङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण शुरु गरेको छ । १ साउन २०७७ देखि लमजुङमा राष्ट्रिय परिचय पत्रको फारम भर्न थालिएकोमा तीन वर्षपछि परिचयपत्र वितरण थालिएको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबारबाट परिचय पत्र वितरण थालेको हो । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले एक अनौपचारिक कार्यक्रमबीच बेँसीसहर नगरपालिका-८ का ज्येष्ठ नागरिक प्रेमलाल श्रेष्ठ र बालचन्द्र श्रेष्ठलाई परिचयपत्र हस्तान्तरण गरी परिचयपत्र वितरण शुरु गरेका हुन् ।

मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण

गाईभैँसीमा फैलिएको ‘लम्पी स्किन’ को सङ्क्रमण मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ । प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको सङ्क्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

‘मुस्ताङ र मनाङमा लम्पी स्किनको सङ्क्रमण केही रोकिएको छ, अरु जिल्लामा सङ्क्रमण दर कम हुँदै गए पनि फाट्टफुट्ट रुपमा देखिएको छ’, मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा ग्रिष्म न्यौपानेले भने, ‘गाईभैँसीमा औषधोपचार र खोप अभियान चलिरहेको छ ।’ उनका अनुसार प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ मा लम्पी स्किनको सङ्क्रमण देखिएको छ ।

शुक्रबार सुनको मूल्य ९०० रुपैयाँले घट्यो

चालु साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघको अनुसार अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला ८०० रुपैयाँ बढेर रेकर्ड नजिक पुगेको सुनको मूल्य शुक्रबार प्रतितोला ९०० रुपैयाँ घटेको हो।

अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ९०० रुपैयाँले घट्दै १ लाख १२ हजार ६ सय रुपैयाँमा झरेको हो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ९ : ०० बजे

पद नै जानेगरी सरकारको विरोधमा के भनेका थिए चिरञ्जीवी नेपालले ?

काठमाडौं – गत वैशाख २० गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले

देउवासँग वार्तापछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौं- संसद्मा गतिरोध कायम रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु

चन्द्रौटा– कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु

कांग्रेसको संसदीय दलको बैठक सोमबार बस्दै

काठमाडौं– नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार

बर्बरिकले फुकाएको त्यो महाभारतको गाँठो

कुनै विषयलाई लिएर कसैसँग झगडा भयो भने महाभारत नै भयो