पाँच वर्षभित्र त्रिदेशीय नाका बन्छ : प्रमुख सचेतक लेखक | Khabarhub Khabarhub

पाँच वर्षभित्र त्रिदेशीय नाका बन्छ : प्रमुख सचेतक लेखक


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको प्रस्तावित दोधारा चादँनीको सुक्खा बन्दरगाहलाई महाकाली करिडोरमार्फत चीनसित जोडेर त्रिदेशीय नाका बनाइने बताएका छन् ।

नेपाली कांग्रेस दोधारा चादँनीको प्रथम नगर सम्मेलन उद्घाटन समारोहमा आज उनले सुक्खा बन्दरगाहलाई आगामी पाँच वर्षभित्र नेपाल–भारत र चीनको नाका रुपमा विकास गरिने बताए ।

“आगामी पाँच वर्षभित्र यो काम गरेरै छाडिन्छ”, नेता लेखकले भने, “यहाँको उद्योग, व्यापार, पर्यटन विकासका लागि पनि यसको आवश्यकता छ ।” चुनावी प्रतिबद्धता स्मरण गर्दै नेता लेखकले सुक्खा बन्दरगाह बनाउने कुराको आशङ्का नगर्न आग्रह गरे । दोधारा चादँनी सुक्खा बन्दरगाहको काम अघि बढेको बताउँदै उनले तीन वर्षभित्र स्थापना हुनेमा विश्वस्त रहन आग्रहसमेत गरे ।

“प्रधानमन्त्रीज्यूको भारत भ्रमणका बेला भारतकै लगानीमा सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा सम्झौता भइसकेको छ”, लेखकले भने, “अहिले बाँकी प्रक्रियागत काम अघि बढाउन हामी निरन्तर खटिएका छौँ ।”

उनले सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका काम भइसकेको जानकारी दिए । नेता लेखकले विकास र समृद्धिका लागि राजनीतिक दलबीच पनि हातोमालो आवश्यक रहेको उल्लेख गरे ।

“राजनीति पद, मान र प्रतिष्ठाका लागि मात्र गरे त्यो क्षणिक हुन्छ ।” लेखकले भने, “मुलुकमा शान्ति, सुशासासन र समृद्धि ल्याउने पार्टी कांग्रेस हो ।”

दोधारा चादँनीमा महाकाली नदी तटबन्ध निर्माण हुँदै दोधारा चादँनी झोलुङ्गे पुलदेखि चार लेनको पक्की पुल बनिसकेको उनको भनाइ थियो । “अझै पनि तटबन्ध निर्माण, यहाँको शैक्षिक विकास र सडकलगायतका पूर्वाधार विकासका काम अघि बढेका छन् ।” उनले भने, “अब सुक्खा बन्दरगाह बन्दैन की भनेर आशङ्का नगर्नुस् ।”

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ७ : ४७ बजे

मलेखु-तिप्लिङ-स्याफ्रुबेंसी वैकल्पिक मार्ग बनाउन माग

काठमाडौं- पासाङ ल्ह्यामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै उत्तरी छिमेकी चीनको स्वशासित

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन् – ‘अब आँखा खोलौं’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले

सरकारले रवैया प्रस्तुत गर्‍यो, कांग्रेस तलमाथि हुने कुरै छैन : गगन थापा 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय

छाला उद्योगमा सफलता गाँसिरहेकी आभा !

काठमाडौं – अहिले काठमाडौंको भृकुटीमण्डपमा ‘अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा

राजधानी जोड्ने मुख्य सडकको दुरावस्था, दुर्घटनाको जोखिम

गण्डकी– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको दुवैतिर