पाँच वर्षभित्र त्रिदेशीय नाका बन्छ : प्रमुख सचेतक लेखक « Khabarhub

पाँच वर्षभित्र त्रिदेशीय नाका बन्छ : प्रमुख सचेतक लेखक


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको प्रस्तावित दोधारा चादँनीको सुक्खा बन्दरगाहलाई महाकाली करिडोरमार्फत चीनसित जोडेर त्रिदेशीय नाका बनाइने बताएका छन् ।

नेपाली कांग्रेस दोधारा चादँनीको प्रथम नगर सम्मेलन उद्घाटन समारोहमा आज उनले सुक्खा बन्दरगाहलाई आगामी पाँच वर्षभित्र नेपाल–भारत र चीनको नाका रुपमा विकास गरिने बताए ।

“आगामी पाँच वर्षभित्र यो काम गरेरै छाडिन्छ”, नेता लेखकले भने, “यहाँको उद्योग, व्यापार, पर्यटन विकासका लागि पनि यसको आवश्यकता छ ।” चुनावी प्रतिबद्धता स्मरण गर्दै नेता लेखकले सुक्खा बन्दरगाह बनाउने कुराको आशङ्का नगर्न आग्रह गरे । दोधारा चादँनी सुक्खा बन्दरगाहको काम अघि बढेको बताउँदै उनले तीन वर्षभित्र स्थापना हुनेमा विश्वस्त रहन आग्रहसमेत गरे ।

“प्रधानमन्त्रीज्यूको भारत भ्रमणका बेला भारतकै लगानीमा सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा सम्झौता भइसकेको छ”, लेखकले भने, “अहिले बाँकी प्रक्रियागत काम अघि बढाउन हामी निरन्तर खटिएका छौँ ।”

उनले सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका काम भइसकेको जानकारी दिए । नेता लेखकले विकास र समृद्धिका लागि राजनीतिक दलबीच पनि हातोमालो आवश्यक रहेको उल्लेख गरे ।

“राजनीति पद, मान र प्रतिष्ठाका लागि मात्र गरे त्यो क्षणिक हुन्छ ।” लेखकले भने, “मुलुकमा शान्ति, सुशासासन र समृद्धि ल्याउने पार्टी कांग्रेस हो ।”

दोधारा चादँनीमा महाकाली नदी तटबन्ध निर्माण हुँदै दोधारा चादँनी झोलुङ्गे पुलदेखि चार लेनको पक्की पुल बनिसकेको उनको भनाइ थियो । “अझै पनि तटबन्ध निर्माण, यहाँको शैक्षिक विकास र सडकलगायतका पूर्वाधार विकासका काम अघि बढेका छन् ।” उनले भने, “अब सुक्खा बन्दरगाह बन्दैन की भनेर आशङ्का नगर्नुस् ।”

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ७ : ४७ बजे

महाधिवेशनको प्रक्रिया केन्द्रीय समिति बैठकपछि अघि बढ्छ : सभापति थापा

भक्तपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकपछि

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द

बेइजिङ- टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव 

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडी– सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी

वाग्मती सफाइ अभियान : आज चार मेट्रिकटन नकुहिने फोहर संकलन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ