ह्वाट्सएप ग्रुपमा ईशनिन्दा गरेको आरोपमा पाकिस्तानमा ५ जनाविरुद्ध उजुरी दायर « Khabarhub

ह्वाट्सएप ग्रुपमा ईशनिन्दा गरेको आरोपमा पाकिस्तानमा ५ जनाविरुद्ध उजुरी दायर


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा ह्वाट्सएप ग्रुपमा ईशनिन्दा गरेको आरोपमा ५ जनाविरुद्ध उजुरी दायर भएको छ । पाकिस्तानको आरिफवाला क्षेत्रमा प्रहरीले ह्वाट्सएप ग्रुपमा ईशनिन्दा गरेको आरोपमा उक्त ग्रुपका तीन सदस्य र दुई जना एडमिनविरुद्ध उजुरी दर्ता गरेको हो ।

स्थानीय शान्ति समितिले उनीहरुविरुद्ध उजुरी दिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।
प्रहरीले पाकिस्तानी दण्ड संहिताको धारा २९५ को उपधारा ए बमोजिम उनीहरुविरुद्ध उजुरी दर्ता गरेको डनले जनाएको छ ।

उनीहरुले ह्वाट्सएपमार्फत धार्मिक सम्प्रदायविरुद्ध घृणा फैलाएको आरोप लगाइएको छ । पाकिस्तानी ईशनिन्दा कानूनलाई निकै विवादास्पद मानिन्छ ।

ईशनिन्दा गरेको आरोपमा धार्मिक तथा साम्प्रदायिक अल्पसङ्ख्यकलाई निशाना बनाउने गरिएको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले आलोचना गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १२ : ५८ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो