१७ दिनपछि मुगुमा विद्युत् पुनःसञ्चालन « Khabarhub

१७ दिनपछि मुगुमा विद्युत् पुनःसञ्चालन


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुगु – विद्युत् अवरुद्ध भएको १७ दिनपछि मुगुमा बिजुली बत्ती सञ्चालनमा आएको छ । गमगाड वितरण केन्द्रले छायाँनाथ रारा नगरपालिकासँगको समन्वय एवं नगरपालिकाकै आर्थिक तथा प्राविधिक सहयोगमा शुक्रबार साँझदेखि विद्युत् सेवा सञ्चालन भएको हो ।

गत असार २७ गते मङ्गलबार गमगाड खोलामा आएको बाढीले पावर हाउसतिरको नहरमा बालुवासहितको माटाले नहर पुरेपछि नहरमा पानी बग्न नपाइ विद्युत् सेवा अवरुद्ध भएको थियो । विद्युत् सेवा अवरुद्ध भएपछि छायाँनाथ रारा नगरपालिकाभित्रका ८७ बस्तीका २६ हजार घर परिवार विद्युत् सेवाबाट प्रभावित हुँदै आएका थिए भने दैनिक रुपमा सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले सेवा दिन सकेका थिएनन् ।

विद्युत् सेवा सञ्चालन गर्नका लागि जिल्लास्थित विद्युत् प्राधिकरणका कर्मचारी र सशस्त्र प्रहरी बल ४५ नम्बर गुल्ममा कार्यरत सुरक्षाकर्मीहरुले नहरमा जमेको करिब एक सय मिटर भागको बालुवा र माटो निकालेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ९ : १४ बजे

विधान संशोधन प्रस्ताव आए प्रतिवाद गर्छौं : उपाध्यक्ष शाक्य

काठमाडौं- नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीबाट

ट्रकमा कार ठोक्किँदा एक वृद्धको मृत्यु

चन्द्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार

अमेरिकाबाट धुर्मुस–सुन्तलीको गुनासो : १८ करोडको बोझले थिच्यो, हामीसँग अब केही बाँकी छैन

काठमाडौं– गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा देखिएको १८ करोड

जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र

भजनी– कैलालीको टीकापुरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले किसानहरूलाई मेन्थाखेतीमा

काठमाडौं उपत्यकाका नदीमा बढ्दो फोहोरको समस्या (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाका नदीमा वर्षौंदेखि जमेका फोहोरका थुप्रा हटाउन अझै