मिटरब्याजसम्बन्धी ८१ मुद्दाको टुङ्गो | Khabarhub Khabarhub

मिटरब्याजसम्बन्धी ८१ मुद्दाको टुङ्गो


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

राजविराज – राजविराजमा निवेदन परेका मिटरब्याजसम्बन्धी ८१ वटाको निवेदन टुङ्गो लगाइएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार सप्तरीमा केही दिनयता दैनिकरूपमा छलफल चलाइरहेको अवस्थामा ८१ निवेदन फर्छ्योट भएको जनाएको छ । सप्तरी जिल्लामा मिटरब्याजसम्बन्धी एक हजार पाँच सय ७९ निवेदन परेको छ ।

निवेदन उपर जिल्ला प्रशासन कार्यालयमा दैनिक छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनले भने , “अहिले दुई ठाउँमा राखेर छलफल भइरहेको छ, छिटोभन्दा छिटो मुद्दा टुङ्गियोस् भन्ने हाम्रो चाहना छ ।” उहाँका अनुसार मिटरब्याज पीडितले दिएको निवेदनका आधारमा पीडित र पीडकलाई बोलाएर छलफल गर्ने गरिएको छ ।

पीडित र पीडकको तर्फबाट एक/एक, जिल्ला प्रशासन कार्यालयका एक जना र जिल्ला प्रहरी कार्यालयका एक जना राखेर छलफल चलाइएको प्रजिअ थापाले जानकारी दिए । आवश्यक पर्दा मालपोत, नापीका कर्मचारीलाई पनि छलफलमा सहभागी गराइने गरेको उनले बताए । उनका अनुसार अहिलेसम्म आठ सय तीन पटक छलफल भइसकेको छ । उहाँले निवेदन परेका मिटरब्याजसम्बन्धी मध्ये ८१ वटा निवेदन फर्छ्योट हुँदा रु चार करोड ७६ लाख पीडितले साहुलाई तिराएको छ ।

रु दुई करोड ८८ लाख ४४ हजारको तमसुक च्यातिएको छ भने १२ बिघा १२ कठ्ठा १६ धुर जग्गा पीडितलाई फिर्ता भएको प्रजिअ थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ९ : ५५ बजे

उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

काठमाडौं–  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समुपस्थितिमा उच्च अदालतको न्यायाधीशका लागि

एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना

काठमाडौं– गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका

केचना–कञ्चनजङ्घा सडक अवरुद्ध

इलाम– केचना–कञ्चनजङ्घा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ

कर्णालीको अदुवा–बेसार विदेशी बजारमा रोजाइ

काँक्रेविहार– आर्थिक वर्ष २०८१/८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक

अन्ततः आयो विष्णु माझीको गीत

काठमाडौं – तीन नजिकिँदै गर्दा खोजी हुने गायिका विष्णु माझी