प्लास्टिक प्रयोगमा निषेध गर्न नियमित अनुगमन गर्दै कामपा « Khabarhub

प्लास्टिक प्रयोगमा निषेध गर्न नियमित अनुगमन गर्दै कामपा


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक प्रयोगमा निषेध गर्ने अभियान सफल बनाउन नियमित अनुगमन गर्ने भएको छ ।

कामपाले यही साउन १ गतेदेखि उक्त अभियान सुरु गरे पनि पूर्ण कार्यान्वयन नभएको भन्दै नियमित अनुगमन गर्ने जनाएको छ । अनुगमन कार्यका लागि कामपा वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गरिने छ । प्रहरीको क्षेत्रबाट चार टोली र केन्द्रबाट एउटा टोली गरी पाँच वटा टोली परिचालन हुने कामपा वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।

उक्त टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लास्टिकको जाँच गर्नेछ । जाँचिएका पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गरी थप कारबाही गरिने छ । प्लास्टिकका फूल, प्लास्टिकका सजावटका सामान चाहिँ प्रयोग गर्न नपाइने प्रमुख श्रेष्ठले भने । कामपाका वडा, केन्द्र तथा अन्य कुनै पनि कार्यालयमा पोलिथिन झोला प्रवेश नगराउने कामबाट अभियान सुरु भइसकेको उनले जानकारी दिए ।

अनुमगनका क्रममा सबैभन्दा पहिले आयात, भण्डारण बिक्री स्थलमा गएर ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकको प्रयोग निषेध गरिने छ । कामपाले पोलिथिनकै कारण ल्याण्डफिल साइट व्यवस्थापन गर्न कठिन भएको बताएको छ । प्लास्टिकमा रसायन प्रयोग गरिएको हुन्छ । यसकारण प्लास्टिक बाल्दा डाइअक्सिन, फ्युरान जस्ता विषाक्त ग्याँसहरू उत्सर्जन हुन्छन् जुन ग्याँसका कारण मानिसमा फोक्सो, मुटु र छालासम्बन्धी रोग लाग्ने खतरा हुने बताइएको छ ।

सभ्यताका विम्ब वाग्मती, विष्णुमती, मनोहरा, धोबीखोला, टुकुचालगायतका नदी, राजकुलाहरू र खुल्ला स्थानमा प्लास्टिक फ्यालिएका कारण प्रदूषित बनेका छन् । सहरमा उत्पादन हुने फोहरमध्ये ७५ दशमलव पाँच प्रतिशत जैविक र २४ दशमलव पाँच प्रतिशत नकुहिने फोहर छ । नकुहिने फोहरको सबैभन्दा धेरै प्लास्टिक छ दशमलव पाँच प्रतिशत छ । यसको पनि तीन दशमलव आठ प्रतिशत पोलिथिन झोला रहेको विभागको भनाइ छ ।

फोहरमा धातु, सिसा, रबर, कपडाजन्य, विद्युतीय र अन्य खालको फोहर छ । नदीलाई प्रदूषण गराउन प्लास्टिकको ७० प्रतिशत भूमिका छ । काठमाडौँ उपत्यकामा दैनिक करिब ५० लाख थान प्लास्टिक झोलाको प्रयोग हुने अनुमान छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १० : १७ बजे

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र