देशका केही भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना « Khabarhub

देशका केही भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको जनाएको छ। साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ।

महाशाखाका अनुसार देशका केही भूभागमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज बिहान कोसी प्रदेशमा सामान्य बदली रहेको छ ।

बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी र वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाकाअनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोसी, मधेस र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहन बताएको छ । कोसी, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयको सम्भावना हुने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागले जनाएको छ ।

 

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ६ : ३७ बजे

आज २०८३ साल असोज ३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३ गते  शनिबार सन् २०२६

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३