धार्मिक सद्भाव र सहिष्णुता अहिलेको आवश्यकता हो | Khabarhub Khabarhub

धार्मिक सद्भाव र सहिष्णुता अहिलेको आवश्यकता हो

इतिहास मेटाएर गरिने राजनीति राष्ट्रका लागि घातक हुन्छ



नेपालमा बहु भाषा, धर्म, संस्कृति र पहिचान छ। बहु धार्मिक, सांस्कृतिक र बहु पहिचानयुक्त मुलुकमा वर्षौदेखि नेपाली मिलेर बसेका छौं। तर यो सद्भावमा केही समययता दखल पुर्याउने प्रयत्न भइरहेका छन्। पछिल्लो समय सामाजिक सद्भाव र धार्मिक सद्भाव बिथोल्ने उदाहरण बनेर धरान उभिएको छ। यसअघि यस्तै धार्मिक सद्भाव खलबल्याउने प्रयास नेपालगन्जमा पनि भएको थियो। तर यतिबेला हिन्दु र गैर हिन्दुबीचमा द्वन्द्व सिर्जना गरेर धरानलाई अशान्त बनाउन खोजिरहँदा त्यहाँ धार्मिक सद्भाव र सहिष्णुता कायम गराउन विभिन्न वर्ग, क्षेत्र, समुदाय, राजनीतिक नेतृत्वबाट पनि प्रयत्न भइराखेको छ। यसै विषयमा आधारित रहेर विश्व हिन्दु युवा सङ्घका अध्यक्ष ऋषिकेश जंग शाहसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

धरानको घटनाले समाजमा द्वन्द्व बढाएको छ। अब तपाईंहरु कसरी अगाडि बढ्नुहुन्छ ?
मैले यो विषयलाई दुई किसिमले हेरेको छु। हामीले विश्व युद्धको छनक भनेर रुस र युक्रेनको लडाइ देखिराखेका छौं। त्यो लडाइँमा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की लोकप्रिय हुनुहुन्थ्यो र तर आज उहाँले युक्रेनलाई खण्ड नै बनाउनुभयो। त्यस्तै चरित्र हर्क साम्पाङले प्रदर्शन गर्न थाल्नुभएको छ।

आफ्नो सहर शान्त, विश्व भरीका मान्छेको आस्थाको केन्द्र बनाउनुपर्ने योग्यता र चरित्र बनाउनुपर्ने धार्मिक सहरमा विदेशी डिजाइनमा काम गरेर एउटा वातावरण बिथोल्ने काम गर्नुभयो। यो अवस्थाले यहाँ विदेशीले कुन खालको डिजाइन गरिरहेको छ भन्ने कुरा प्रस्ट भएको छ। अहिले हामीले हाम्रो समुदायलाई हामीभित्रको राष्ट्रिय समूहलाई विभाजित गरेर एक अर्कोमा लडाएर यो दुखद घटना भएको छ।

यो आवरणा भित्र नेपालीहरूलाई जातीय र धार्मिक रूपले लडाउने र यो देशलाई कब्जा गर्ने आफ्नो योजनालाई कार्यान्वयन गर्ने गरी विदेशीहरू जसरी अगाडि बढेका छन् त्यसको विरुद्धमा ठूलो जनशक्ति वा विभिन्न धर्मावलम्बीहरू देशव्यापी रूपमा जाग्नु भएको छ। त्यो हिसाबले विदेशीको षड्यन्त्र पनि पर्दाफास भएको छ। त्यसको विरुद्धमा नेपालीहरू एकजुट बन्ने वातावरण बेनेको छ।

गौ हत्या र हिन्दु मन्दिरको अगाडि चर्च बनाएपछि यो घटना भएको हो। यसलाई विश्व हिन्दु युवा संघले कसरी लिन्छ ?
यो वास्तवमा हिन्दु धर्म सम्प्रदायको मात्र विषय होइन। २०४९ सालदेखि किराँतीहरुलाई विभाजन गरेर हामी अलग हो भन्ने बनाइएको छ। बौद्ध समुदाय फरक हो, हिन्दु होइन भन्ने खालको डिजाइन गरिएको छ। धर्ममा खोट लगाएर तीन सय वर्ष अगाडि सिन्धुलीगढीमा पृथ्वी नारायण साहको नेतृत्वमा गोरखालीसँग युद्ध हारेका थिए। त्यसको समीक्षा गरेर बदला लिने काम सुरु भएको छ।

हिजो भारत कब्जा गरेर नेपाल कब्जा गर्न आएको अङ्ग्रेज सफल भएको भए, तिब्बत र चीन पनि कब्जा हुन्थ्यो। उनीहरू विश्व विजेता बन्ने अभियान सफल हुन्थ्ये त्यसको बाधक पृथ्वी नारायण शाह बनेको कारणले उनीहरूले सबै भन्दा ठूलो शत्रुको रूपमा परिभाषित गरेका छन्। आङकाजी शेर्पा जस्ता मान्छेलाई यहाँ परिचालित गरेका छन्। यस्तो अवस्थामा हामी शान्ति चाहन्छौँ। हामी नेपाली सम्पूर्ण एक भएर विश्वभरका मान्छेहरूलाई नै एउटा परिवारको रूपमा आत्मियता प्रदर्शन गर्न चाहन्छौँ। त्यसकारण हाम्रो सङ्गठन शान्ति सद्भाव स्थापना गर्ने तर्फ क्रियाशील हुनेछ।

प्रकृति पूजकहरू हिन्दु धर्मका सन्दर्भमा यति धेरै आक्रामक थिएनन्। अहिले आएर उनीहरू किन भड्किए ?
हिजो अंग्रेजले भारतमा शासन गर्दा शास्त्रलाई बिगार्ने काम गरेका थिए। त्यसको केही प्रभाव समाजमा परेको छ। पछिल्लो समय युगान्डादेखि विभिन्न ठाउँमा गृह युद्ध गराउने जुन समूह थियो। त्यो समूह नेपालको पूर्वी पहाडमा आएर व्यावसाय गरेर गएको केही महिना अगाडि सार्वजनिक भएको थियो। अहिले त्यसकै प्रभाव देखिएको हो। अहिले पहाडमा विभिन्न कंकडहरु खनेर राखिएको छ भन्ने सूचना आउँछ। तर त्यो कंकड कसैले नेपालीलाई मजदुर बनाएर खन्न लगाएको छ। त्यस कारण नेपालीहरूले आफ्नो चिहान आफै खनेको अवस्था छ। सबै नेपालीहरूले सबै धर्मलाई अङ्गाल्ने हो भने विदेशीको प्रभाव कम हुन्छ। आफ्नोलाई नराम्रो देखेर विदेशीलाई राम्रो देख्ने प्रवृत्तिले हामी दास हुने बाटोमा अगाडि बढ्छौँ। सबै नेपालीहरूले सामाजिक सञ्जालमा असभ्य तरिकाले भिड्ने वातावरण सिर्जना भएको छ। युवाहरू सजक हुन आवश्यक छ। हामीले राष्ट्रिय एकता गरेर अगाडि जानुपर्छ।

यसमा राजनीतिक नेतृत्वको भूमिका के हुनसक्छ ?
यसमा प्रजातन्त्र नामको व्यवस्था नै हाम्रो लागि आत्मघाती छ। यो व्यवस्था नै स्थायी तन्त्र हो भनेर बुझ्नुपर्ने हुन्छ। त्यही मानव अधिकारको खोल ओढेर उनीहरू जासुसको रूपमा यहाँ हिँडेका छन्। उनीहरूले हामीलाई खरिद् गरेर हाम्रो देशको विरुद्ध प्रयोग गरिरहेका छन्। त्यस कारण हामीले आफ्नो मौलिक धर्म संस्कृति र इतिहासलाई नामेट गरेर पैसा, पद, शक्ति कमाएका छौँ। हामी सबै कुपुत्र हौ, गद्दार हौँ जस्तो लाग्छ। धर्म संस्कृति र सभ्यता त सबै भन्दा ठूलो कुरा हो। त्यसैले आफ्नो इतिहास मेटाएर जुन राजनीति गरिरहेका छौँ यो घातक छ। यसलाई बदल्नुपर्छ। हामी आत्मनिर्भर बन्नुपर्ने र अर्थतन्त्र शिक्षालगायतलाई विकास गरेर जानुपर्छ।

२०५४ सालमा पशुपतिमा चिहानको विवाद चलेको थियो, नेतृत्व त्यो बेला आङकाजी शेर्पा र सुदन किराँतीले गरेका थिए। अहिले धरानको कुरामा पनि विभागीय मन्त्री सुदन किराँती र जनजातिको तर्फबाट आङकाजीले नेतृत्व गर्नु भएको छ। माओवादीले नेतृत्व गरेको छ। पशुपतिबाट सुरु भएको यो झिल्को अहिले पूर्वको टुप्पोमा पुगेको छ। यो बीचमा हिन्दुत्वको कुरा गर्ने हिन्दुवादी भन्ने अभियन्ताहरू कहाँ गए ?
नेपालमा जातीय बिखण्डन ल्याउने आन्दोलन माओवादी विद्रोहको नामबाट परिचित छ। हाम्रो धर्म, संस्कृति र सभ्यतालाई मास्दै लगेर उनीहरूको सभ्यतालाई स्थायित्व गर्ने विद्रोहमै माओवादी आन्दोलन थियो। त्यस कारणले सम्पूर्ण हतियारदेखि अन्य आवश्यक कुरामा युरोपियनले सहयोग गर्ने गरेका थिए भन्ने कुरा प्रस्ट भएको छ।

यो सम्बन्धमा आङकाजी शेर्पा, सुदन किराँती र प्रचण्ड सबै हिजो यो सभ्यतालाई नास गर्ने गाई काटेर खाने हाम्रो मठमन्दिर भत्काउने जातीय राज्य बनाउने भनेर आएकाले नै राज्य चलाएका छन्। त्यसैले हामीले बुझ्नुपर्ने विषय भनेको तीन सय वर्ष अगाडि पृथ्वीनारायण शाहले जसलाई भगाएका थिए। त्यो शक्तिले लडाइँ हारेको समीक्षा गर्यो र बहुदलीय प्रजातन्त्र ल्यायो। धर्म संस्कृतिलाई बाँधेर राखेको हिन्दु राष्ट्रलाई हटाउने काम गर्यो।

नेपाली जनताको एक नेतृत्व गरिरहेको राजसंस्था हटाउने काम गरियो र आधा भन्दा बढी सेना उनीहरूको भएका छन्। किनभने हिजो त्यही सेनाको प्रयोग गरेर दरबार हत्या भएको थियो। यो परिवेशमा पूर्वतर्फ धरानबाट विदेशीको षड्यन्त्र पर्दाफास भएको छ। नेपालीहरू मौलिकता र धर्मको रक्षामा उत्रिएका छन् त्यसैले हामी जीवन या मरणको दोसाधमा छौँ। धरानमा केही व्यक्ति मिलेर आफ्नो धर्म संस्कृति रक्षा र गौ रक्षाको पक्षमा उभिएका छन्। यो आशा गर्न लायक विषय हो।

यसमा निसानामा हिन्दु धर्म मान्ने ब्राह्मण र क्षेत्री रहेछन् कारण के होला ?
जातीय युद्ध लडाउन खोजिएको छ। राज्य निर्माण गर्दा गुरुङ, राई, मगर, क्षेत्रीमा फाटो ल्याउने हिसाबले हिजोका दिनमा पोखरामा पृथ्वी नारायण शाहको सालिक हटाएर लखन थापाको सालिक स्थापना गर्न खोजियो। यसले गृहयुद्ध गराउन खोजिएको छ। त्यसैले हामी एक हुनुपर्छ।

सबै कुरा गोरखनाथसँग जोडिएको छ सम्पूर्ण नेपालीहरू गोरखनाथको आस्थामा र एकतामा जान सक्यौ भने हिजो विश्वयुद्ध जितेको भनेर गौरव गर्न सक्छौँ। तर हाम्रोमा गोर्खाली हौँ भन्ने तर त्यो के हो भनेर थाहा नै नहुने छन्। गोर्खाली भनेको त्यही गोरखनाथको कारणले भएको हो। त्यस कारण नेपाल आमूल परिवर्तनको दिशामा उभिएको छ।

सबै राजनीतिक नेतृत्व चेतनशील व्यक्ति युवा सबै राजनीतिक नेतृत्वभन्दा बाहिर आएर देश बनाउन लाग्नुपर्ने आवश्यक छ। राजनीतिक दलहरू सबै विदेशीका गोटी बने उनीहरूको विचार र सिद्धान्तलाई आत्मसाथ गर्ने र आफ्नो देश बेचेर घरजग्गा प्राप्ति गर्ने विषयमा अगाडि बढेका कारण हामी आम नेपालीहरू पार्टी भन्दा बाहिर आएर गोरखनाथको बिचारमा एकतावद्ध हुन जरुरी छ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ९ : ५५ बजे

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको

दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते

धनगढी – दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्,

सङ्खुवासभाको तुम्लिङटारमा दुई सातापछि उडान

सङ्खुवासभा – सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १६ दिनपछि उडान भरिएको छ