कास्कीमा आयुुर्वेदिक उपचारमा आकर्षण बढ्दै « Khabarhub

कास्कीमा आयुुर्वेदिक उपचारमा आकर्षण बढ्दै


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी आयुर्वेद औषधालय, लेखनाथका प्रमुख डा कुुमार कासुलाले जानकारी दिए ।

जिल्लामा पछिल्ला तीन वर्षमध्ये आव २०७७–७८, २०७८–७९ र २०७९–८० मा क्रमशः १६ हजार ८१, २१ हजार २५४ र २८ हजार नौ सय ४४ बिरामीले बहिरङ्ग सेवाअन्तर्गत आयुुर्वेदिक उपचार सेवा लिएका छन् ।

यस उपचार सेवाका अतिरिक्त मातृशिशु सुरक्षार्थ पोषण, ज्येष्ठ नागरिक आरोग्य सेवा, विद्यालय आयुर्वेद तथा योग शिक्षा, पञ्चकर्म/पूर्वकर्म, क्षारसुत्र सेवा, प्रयोगशाला सेवा आदिका माध्यमबाट सेवा प्रदान गरिएको उनको भनाइ छ ।

अन्य उपचारभन्दा कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यभन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो ।

विशेषगरी ग्याष्ट्रिक, हाड जोर्नी तथा नसाको दुखाइ, पायल्स, रुघा, खोकी ज्वरो लगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ७ : ५३ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका