लमजुङका १८ जनाले त्यागे नेपाली नागरिकता | Khabarhub Khabarhub

लमजुङका १८ जनाले त्यागे नेपाली नागरिकता


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.7k
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ स्थायी घर भई जागिरको शिलसिलामा विभिन्न देशमा पुगेका १८ जनाले नेपाली नागरीकले नागरीकता त्याग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङबाट नेपाली नागरीकता लिएका मध्ये १८ जनाले नेपाली नागरीकता त्याग गरेका हुन् ।

जिल्लामा २०७४ र २०७८ सालमा सबै भन्दा धेरै नागरीकता त्याग्नेको संख्य रहेको पाइएको छ । उक्त समयमा पाँच–पाँच जनाले नागरीकता त्यागेका छन् ।

त्यसै गरी जिल्लामा २०७३ सालमा २ जना, ०७५ सालमा एक जना, ०७९ सालमा २ जना र ८० सालको हाल सम्म ३ जनाले नागरीकता त्याग गरेको जिल्ला प्रशासन कार्यालयका सुचन अधिकारी जगदीश मिश्रले जानकारी दिए ।

अन्य देशको नागरिकता लिनका लागि नेपाली नागरीकता अनिवार्य त्याग्नु पर्ने भएकाले नेपालीहरुले नेपाली नागरीकता त्याग गर्ने पाइएको जिप्रकाका सुचना अधिकारी मिश्रको भनाई छ ।

लामो समयदेखि वैदेशिक रोजगारीका साथै डिभी र पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी बसेकाहरूले पनि नागरिकता त्याग गरेको उनले बताए ।

त्यसै गरी जिल्लाबाट नयाँ नागरिकता लिने भन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङकाबाट आर्थिक वर्ष ०७९–०८० मा ६ हजार ४ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

गतवर्ष नै वंशजको आधारमा नयाँ नागरिकता लिनेको संख्या ५ हजार ८ सय ७४ रहेको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचन अधिकारी जगदिश मिश्रले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७८–०७९ मा ४ हजार ५ सय ५४ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए । सो वाहेक ७ हजार ५ सय ५८ जनाले बंशजको आधारमा नयाँ नागरिकता लिएको र चार जनालाई बैबाहिक अगिकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

त्यसैगरी गत आर्थिक वर्ष ०७९०८० मा तीन सय नाबालक परिचयपत्र वितरण गरिएको छ । गत वर्ष नै २३ हजार ७ सय ५९ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेको सुचना अधिकारी मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ७ : ५९ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म