लमजुङका १८ जनाले त्यागे नेपाली नागरिकता « Khabarhub

लमजुङका १८ जनाले त्यागे नेपाली नागरिकता


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.7k
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ स्थायी घर भई जागिरको शिलसिलामा विभिन्न देशमा पुगेका १८ जनाले नेपाली नागरीकले नागरीकता त्याग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङबाट नेपाली नागरीकता लिएका मध्ये १८ जनाले नेपाली नागरीकता त्याग गरेका हुन् ।

जिल्लामा २०७४ र २०७८ सालमा सबै भन्दा धेरै नागरीकता त्याग्नेको संख्य रहेको पाइएको छ । उक्त समयमा पाँच–पाँच जनाले नागरीकता त्यागेका छन् ।

त्यसै गरी जिल्लामा २०७३ सालमा २ जना, ०७५ सालमा एक जना, ०७९ सालमा २ जना र ८० सालको हाल सम्म ३ जनाले नागरीकता त्याग गरेको जिल्ला प्रशासन कार्यालयका सुचन अधिकारी जगदीश मिश्रले जानकारी दिए ।

अन्य देशको नागरिकता लिनका लागि नेपाली नागरीकता अनिवार्य त्याग्नु पर्ने भएकाले नेपालीहरुले नेपाली नागरीकता त्याग गर्ने पाइएको जिप्रकाका सुचना अधिकारी मिश्रको भनाई छ ।

लामो समयदेखि वैदेशिक रोजगारीका साथै डिभी र पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी बसेकाहरूले पनि नागरिकता त्याग गरेको उनले बताए ।

त्यसै गरी जिल्लाबाट नयाँ नागरिकता लिने भन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङकाबाट आर्थिक वर्ष ०७९–०८० मा ६ हजार ४ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

गतवर्ष नै वंशजको आधारमा नयाँ नागरिकता लिनेको संख्या ५ हजार ८ सय ७४ रहेको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचन अधिकारी जगदिश मिश्रले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७८–०७९ मा ४ हजार ५ सय ५४ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए । सो वाहेक ७ हजार ५ सय ५८ जनाले बंशजको आधारमा नयाँ नागरिकता लिएको र चार जनालाई बैबाहिक अगिकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

त्यसैगरी गत आर्थिक वर्ष ०७९०८० मा तीन सय नाबालक परिचयपत्र वितरण गरिएको छ । गत वर्ष नै २३ हजार ७ सय ५९ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेको सुचना अधिकारी मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ७ : ५९ बजे

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित