एसिया कपका लागि सन्दीप आज पाकिस्तान जाँदै | Khabarhub Khabarhub

एसिया कपका लागि सन्दीप आज पाकिस्तान जाँदै


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन आज पाकिस्तान जाँदैछन् ।

सन्दीपविरुद्धको मुद्धाको अर्को पेशी भदौ २१ गतेका लागि तोकिएपछि उनी आज बिहान साढे १० बजे कतार एयरवेजमार्फत पाकिस्तान प्रस्थान गर्न लागेका हुन् ।

सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि एसिया कप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

एसिया कपमा सहभागी हुन नेपाली टोली मंगलबारनै पाकिस्तान गए पनि सन्दीप भने गएका थिएनन् ।

एसिया कपमा समूह ‘ए’मा रहेको नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्नेछ ।

एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ८ : १७ बजे

बुटवल उपमहानगर पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

काठमाडौं– बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ

नहरमा डुबेर कैलालीका एक युवक बेपत्ता

धनगढी– नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता भएका छन् ।

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा