जनताको तागतबाट हिन्दुराष्ट्र स्थापना हुन्छ : लिङ्देन | Khabarhub Khabarhub

जनताको तागतबाट हिन्दुराष्ट्र स्थापना हुन्छ : लिङ्देन


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दुबई– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रोजगारीका लागि लाखौं युवा विदेशिनुमा गलत नीति र राजनीतिक नेतृत्व जिम्मेवार रहेको बताएका छन् । 

राप्रपानिकट प्रवासी नेपाली एकता समाज (पानस)ले युएईको दुबईमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष लिङ्देनले गलत नेतृत्व र व्यवस्थाका कारणले देश नबनेको बताए ।

गलत व्यवस्था र नेतृत्वका कारणबाट स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेको, भएका उद्योग, कलकारखाना कुनै अलपत्र पारेको र कुनै कौडीको मूल्यमा बिक्री गर्ने नीति लिइएका कारणबाट लाखौं युवा विदेश आउनु परेको हुँदा विगतको त्रुटी र गलत मार्गचित्र सच्याउनु पर्नेमा उनको जोड छ ।

अध्यक्ष लिङ्देनले धर्मनिरपेक्षको आडमा नेपालको सनातन धर्म संस्कृतिमाथि निरन्तर प्रहार गर्ने गतिविधि बढिरहेकोमा चिन्ता व्यक्त गर्दै धर्मनिरपेक्ष खारेज गरी वैदिक सनातन हिन्दुराष्ट्र हुनुपर्ने बताए । 

यसका लागि राप्रपाले निरन्तर आवाज उठाइरहेको बताउँदै उहाँले नेपालको हिन्दुराष्ट्रको पहिचान मेटाउने र धर्मनिरपेक्ष बनाउने काम गरे बिगारेको राजनीतिबाट नै सुधार्नुपर्नेमा जोड दिए । उनले राप्रपाले धर्मको नाममा राजनीति नगरेको र  धर्मनिरपेक्षता बनाउनेहरुले सुरु गरेको दाबी गरे ।

उनले आफू लिम्बू, किराँत धर्मावलम्बी भएर पनि हिन्दुराष्ट्र स्थापना गर्न लागेको उल्लेख गर्दै जन्म र कर्मले हिन्दु रहेकाहरूले हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिन आग्रह गरे ।

हालै धरानमा कानुनले निषेध गरेको र नेपाली जनसङ्ख्याको ठूलो हिस्साले गाईलाई आमा मानेर पुज्ने गरेको परम्परा रहेकोमा गोरु काटेर भोज खाने, भिडियो बनाउने र सामाजिक सञ्जालमा प्रचार गर्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै कानुनविपरीतका गतिविधि भइरहँदा सरकार मुकदर्शक बन्नु आश्चर्यको विषय भएको उल्लेख गरे ।

उनले देशमा जुन स्थिति सृजना भएको छ, यसमा धर्म निरपेक्ष बनाउनेहरू जिम्मेवार रहेको बताउँदै नेपाली जनताको तागतबाट एक थोपा रगत नबगाई हिन्दु राष्ट्र स्थापना गर्न सकिने दाबी गरे ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज साउदी अरब र युएईको निमन्त्रणामा साताव्यापी भ्रमणका क्रममा दुबईमा रहेका अध्यक्ष  लिङ्देनको प्रमुख आतिथ्यमा प्रवासी नेपाली एकता समाज युएईको दोश्रो अधिवेशन सम्पन्न भएको छ । 

अधिवेशनबाट निराजन खत्रीको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको भ्रमणमा रहेका प्रवास विभाग प्रमुख आनन्द अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ११ : ५१ बजे

महालेखा परीक्षक कार्यालयले आज राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझाउने

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले आज आर्थिक वर्ष २०८१–०८२ को वार्षिक

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको निधन

काठमाडौं– उरुग्वेका सामाजिक सुधारका प्रतीक मानिने पूर्वराष्ट्रपति जोसे मुजिकाको ८९

दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए, राहत वितरणमा अवरोध 

काठमाडौं– इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बुधबार पनि बस्दैछ ।

प्रतिनिधिसभामा भूमि सम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।