नगद रुपैयाँ र ल्यापटप चोरी गरेको आरोपमा तीन जना पक्राउ « Khabarhub

नगद रुपैयाँ र ल्यापटप चोरी गरेको आरोपमा तीन जना पक्राउ


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

मोरङधनपालथान गाउँपालिका-२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ५० हजार रुपैयाँ  र २ थान ल्यापटप चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा तीनजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका-१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, सोही गाउँपालिका-७ कदमाहा बस्ने २४  वर्षीय रोशन मण्डल र २० वर्षीय विशाल कुमार सिंह रहेका छन् । 

उक्त सहकारी संस्थाबाट गत साउन ३२ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुलेपछि इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाही बरियातिबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  १ : ५१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ