झापा र कैलालीबाट लागूऔषधसहित पाँच जना पक्राउ « Khabarhub

झापा र कैलालीबाट लागूऔषधसहित पाँच जना पक्राउ


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापा र कैलालीबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका-१ बेलायतीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४४ ग्राम २ सय ८० मिलिग्रामसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ बेलबारी नगरपालिका-१० बस्ने २६ वर्षीय सुरेश धिमाल, झापा गौरादह नगरपालिका-४ का २५ वर्षीय सन्देश लिम्बु र मोरङ उर्लावारी नगरपालिका-७ का २७ वर्षीय बिनोद लिम्बू रहेका छन् । 

इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४७ प ७०४२ नम्बरको मोटरसाइकलको एयर फिल्टरभित्र लुकाई ल्याएको उक्त लागूऔषध, मोबाइल १ थान र नगद १ हजार ७ सय २५ रूपैयाँसहित धिमाललाई तथा उनीसँगै आउँदै गरेको को.२१ प १०४० नम्बरको मोटरसाइकलमा सवार सन्देशलाई मोबाइल १ थान तथा नगद १ सय ६० रूपैयाँ र बिनोदलाई नगद ५० हजार रुपैयाँ तथा १ थान मोबाइलसहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका -१२ सि गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम २४ मिलिग्राम र ओपिडल क्याप्सुल ८ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २६ वर्षीय महेन्द्र खड्का समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले खड्काको घर तलासी गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी  उनीहरूलाई पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  २ : १७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ