झापा र कैलालीबाट लागूऔषधसहित पाँच जना पक्राउ « Khabarhub

झापा र कैलालीबाट लागूऔषधसहित पाँच जना पक्राउ


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापा र कैलालीबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका-१ बेलायतीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४४ ग्राम २ सय ८० मिलिग्रामसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ बेलबारी नगरपालिका-१० बस्ने २६ वर्षीय सुरेश धिमाल, झापा गौरादह नगरपालिका-४ का २५ वर्षीय सन्देश लिम्बु र मोरङ उर्लावारी नगरपालिका-७ का २७ वर्षीय बिनोद लिम्बू रहेका छन् । 

इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४७ प ७०४२ नम्बरको मोटरसाइकलको एयर फिल्टरभित्र लुकाई ल्याएको उक्त लागूऔषध, मोबाइल १ थान र नगद १ हजार ७ सय २५ रूपैयाँसहित धिमाललाई तथा उनीसँगै आउँदै गरेको को.२१ प १०४० नम्बरको मोटरसाइकलमा सवार सन्देशलाई मोबाइल १ थान तथा नगद १ सय ६० रूपैयाँ र बिनोदलाई नगद ५० हजार रुपैयाँ तथा १ थान मोबाइलसहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका -१२ सि गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम २४ मिलिग्राम र ओपिडल क्याप्सुल ८ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २६ वर्षीय महेन्द्र खड्का समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले खड्काको घर तलासी गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी  उनीहरूलाई पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  २ : १७ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले