सेयर बजार सोमबार पनि सुस्त, ५.०९ विन्दुले बढ्यो | Khabarhub Khabarhub

सेयर बजार सोमबार पनि सुस्त, ५.०९ विन्दुले बढ्यो


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजार सोमबार पनि सुस्त देखिएको छ । नेप्से सूचक २ हजार विन्दुमुनि छ । यस दिन सूचक ५.०९ विन्दुले बढेर १९९८.४८ अंकमा आएको छ । ९८ करोड ८६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । समग्रमा हेर्दा बजार साइडवेजमा गएको छ ।  

बजार घट्दै जाँदा लगानीकर्ताको मनोबल थप कमजोर भएको अवस्था छ । लगानीकर्ताको सक्रिय सहभागिता नहुँदा कारोबार रकम कम भएको छ । लाभांशको सिजनमा लगानीकर्ता निष्कृय बस्दा बजार १९ सयको तहमा झरेको हो ।

यस दिन २७९ कम्पनीको ३६ लाख ७० हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा आएको छ । यसको ७ करोड ३१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र आइएमई लाइफ इन्सुरेन्स परेका छन् । 

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ४ : ३७ बजे

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल