चालु पुँजी कर्जाको सीमा बढ्यो « Khabarhub

चालु पुँजी कर्जाको सीमा बढ्यो


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि सो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगको हकमा रु तीन करोडसम्मको चालु पुँजी कर्जाको सीमा निर्धारण गरेको हो । यसअघि उक्त उद्योगका लागि रु एक करोडसम्म थियो ।  उद्योगी, व्यवसायी, बैंकर र अर्थ मन्त्रालयको आग्रहपछि राष्ट्र बैंकले विद्यमान व्यवस्था संशोधन गर्दै चालु पुँजी कर्जा परिमार्जन गरेको हो ।

‘कुनै फर्मरसंस्थारकम्पनीलाई एक वा एकभन्दा उत्पादनमूलक उद्योगको हकमा रु चार करोडसम्मको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल रु दुई करोडसम्म कारोबार-बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पुँजी कर्जा सीमा कायम गर्नुपर्दछ, यस्तो कर्जाको अवधि एक वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ’, संशोधित मार्गदर्शनमा उल्लेख छ ।

यस्तै, समग्र बैंकिङ प्रणालीबाट कुल रु करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा कुल रु तीन करोडसम्म) चालु पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू नहुने उल्लेख छ । यस्ता ऋणीलाई प्रवाह हुने चालु पुँजी कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालु पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्नेछन् । तर, चालु पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शन बमोजिम हुनु पर्ने राष्ट्र बैंकको भनाइ छ ।

इजाजतपत्रप्राप्त संस्थाले चालु पुँजी कर्जाको आवश्यकता विश्लेषण गर्दा रु दुई करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा रु चार करोडसम्म) चालु पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा समेत ‘पर्मानेन्ट वर्किङ क्यापिटल’ आवश्यक भएमा एक वर्षभन्दा कम अवधिको कर्जा तथा पर्मानेन्ट वर्किङ क्यापिटल आवश्यक भएकाका लागि तीनदेखि १० वर्षको आवधिक प्रकृतिको चालु पुँजी कर्जा प्रदान गर्न सक्नेछन् ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ४ : ५७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन