बिरामीको मृत्युपछि धनगढीमा आफन्तको विरोध प्रदर्शन « Khabarhub

बिरामीको मृत्युपछि धनगढीमा आफन्तको विरोध प्रदर्शन


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढीको सहिदगेट नजिक रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको शल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएको छ।

दुबै मृगौलामा पत्थरी भएर शल्यक्रिया गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएपछि आफन्त प्रदर्शनमा उत्रिएका हुन्।

मृगौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको भन्दै आफन्त आक्रोशित बनेका छन्। यसै विषयमा स्वस्तिक अस्पताल प्रशासन र मृतकका आफन्तबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ। 

घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने मृतकका आफन्तको माग छ । 

तर अस्पताल प्रशासनले एक जनालाई रोजगारी र काजक्रिया खर्च बाहेक अरु दिन नसक्ने अडान लिएपछि वार्ता निष्कर्षविहीन बनेको छ। 

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ५ : ४१ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक

कठोर सरकारबाट आशा नदेख्दा इन्द्रबहादुर र गणेशहरूले त्यागे जीवन

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले एक सय दिन पूरा

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

एजेन्सी– एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा

गणेश नेपालीको मृत्युपछि सरकारविरुद्ध वीर अस्पतालमा आफन्तको नाराबाजी

काठमाडौं– यतिबेला वीर अस्पतालमा मानव अधिकारकर्मी, मृतक गणेश नेपालीका आफन्तहरू सरकारविरुद्ध नाराबाजी गर्दै