प्रधानमन्त्रीको चीन भ्रमणमा समेटिनुपर्ने विषयमा छलफल | Khabarhub Khabarhub

प्रधानमन्त्रीको चीन भ्रमणमा समेटिनुपर्ने विषयमा छलफल


११ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

गण्डकी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा पोखरा तथा गण्डकी प्रदेशका उठ्नुपर्ने विषयका सम्बन्धमा आज पोखरामा छलफल गरिएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घमा आयोजित छलफलमा वक्ताले प्रधानमन्त्रीको भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सीधा अन्तर्राष्ट्रिय उडान, कोरोला नाका सञ्चालनलगायतमा छलफल हुनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले सञ्चालनमा आएर पनि हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका सहरबाट सीधा उडान गर्ने विषयमा भ्रमणका क्रममा छलफल हुनुपर्ने बताए । पोखरा विमानस्थलको हाल रहेको दुई हजार पाँच सय मिटरको धावन मार्गलाई थप पाँच सय मिटर बढाउने सम्बन्धमा पनि छलफल हुनु जरुरी रहेको उनले बताए ।

नेपाल चीनबीचको कोरोला नाका सञ्चालनमा ल्याउने विषय पनि भ्रमणका क्रममा प्राथमिकतामा पर्नु आवश्यक रहेको उनको भनाइ छ । कोरोला नाका चीनका लागि पनि सहज हुने भन्दै उनले चीन र भारतका बीचको अन्तरदेशीय व्यापारका लागि पनि यो नाका सञ्चालनमा आउनु महत्त्वपूर्ण रहेको बताए ।

पोखरालाई पर्यटकीय गन्तव्यका लागि सूचीकृत गर्नुपर्ने, पोखरामा महावाणिज्य दूतावास स्थापना गर्नुपर्ने, प्रविधिको हस्तान्तरणलगायतका विषयलाई पनि प्राथमिकतामा राख्न सकिने उनले बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान, कोरोला नाका सञ्चालनका साथै हङकङलगायतका सहरबाट पोखरामा सीधा उडानका विषय नै भ्रमणमा उठ्नुपर्ने प्रमुख विषय रहेको बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कसरी अन्तर्राष्ट्रिय उडान गर्न सकिन्छ भन्ने कुरा नै अहिलेको पहिलो आवश्यकता भएको बताए । कोरोला नाका सञ्चालनमा ल्याउन सके यहाँबाट कैलाश तथा मानसरोवरको यात्रा गर्न सकिने उल्लेख गर्दै उनले त्यसबाट लाखौँ भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने बताए।

वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, मनि चेन्जर एसोसिएसन पोखराका अध्यक्ष रूपक मिश्र, माइकल कर्माचार्यलगायतले सङ्कटमा परेको पोखराको पर्यटनलाई बचाउनुपर्ने आवश्यकता औँल्याए । प्राथमिकता तय गरी प्रधानमन्त्रीको भारत भ्रमणमा उठ्नुपर्ने विषयका रूपमा लिपिबद्ध गरिने उक्त अवसरमा जानकारी गराइयो ।

यही भदौ १५ गते एक कार्यक्रमका सन्दर्भमा पोखरा आउन लाग्नुुभएका प्रधानमन्त्री दाहाललाई यस विषयमा भेटेर प्राथमिकताका विषयबारे अनुरोध गरिने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले जानकारी दिए ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ८ : ०९ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन