पोर्चुगलका ती युवाको हिम्मत | Khabarhub Khabarhub

पोर्चुगलका ती युवाको हिम्मत


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

‘मैले साँच्चै डरको महसुस गरेँ’ क्लाउडिया डुवारेज अगस्टीनोले भनिन्। सन् २०१७ मा पोर्चुगलमा आएको तातो हावालाई संस्मरण गर्दै उनले भनेकी हुन्। सो दुर्घटनामा परेर १ सय जनाको ज्यान समेत गएको थियो। यो घटना पछि त उनलाई आफ्नो पुस्ताको भविष्य बारे नै चिन्ता लाग्न सुरु भएको हो।

२४ वर्षिया क्लाउडियो, उनका भाइ २० वर्षिय मार्ट र ११ वर्षीया बहिनी मारियाना ती जना युवा र किशोर किशोरी हुन्। जसले युरोपका शक्तिशाली देशसहित ३२ वटा सरकारविरुद्ध मुद्दा दायर गरेका थिए। यसमा सबै युरोपेली युनियनका सदस्य राष्ट्र, बेलायत, स्वीजरल्यान्ड, रुस र टर्कीसमेत थिए। तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्नका लागि ग्रिन हाउस ग्यास उत्सर्जनमा कमी ल्याउन आवश्यक कार्य नगरेको आरोपमा उनीहरूको विरुद्धमा मुद्दा दायर गरिएको हो।

युरोपियन कोर्ट अफ ह्युमन राइटमा सो मुद्दा दायर गरिएको हो। बुधवार नै यसको पहिलो सुनुवाइ सुरु भएको छ। यसले अहिले संसारलाई नै तरङ्गित बनाएको छ। यसरी मुद्दा दायर गर्ने ११ वर्षदेखि २४ वर्षका युवाले पोर्चुगलको त्यो दुर्घटनाको कारण जलवायु परिवर्तन नै भएको ठहर गरेका छन्। उनीहरूले बाच्न पाउने अधिकारसहित आधारभूत अधिकारको हनन भएको जिकिर गरेका छन्। यो अधिकार सरकारले लड्नु पर्ने क्षेत्रमा पनि लडेका कारण हनन भएको उनीहरूको ठहर छ।

उनीहरूले अहिले नै पोर्चुगलमा सामान्य जीवन यापन गर्न कठिन भएको तथा सुत्नका लागि समेत कठिनाइ भएको प्रतिक्रिया दिएका छन्। यसका कारण आर्थिक समस्या परेकाहरू तथा अन्य समस्या भएकामा धेरै रोगको लक्षण देखिएको तथा निराशापनको समस्या बढ्दै गएको प्रतिक्रिया दिएका छन्। यसरी मुद्दा दायर गर्नेहरूले आर्थिक क्षतिपूर्तिको माग गरेका छैनन्।

क्लाउडियाकै अनुसार मारिया अझै पनि आकाशमा हेलिकोप्टर गुड्दा डराउने गर्छिन्। यसले उनलाई सन् २०१७ मा आकाशमा अग्नि नियन्त्रक यन्त्र घुमेको नै याद आउँछ। उनलाई त्यस समयमा आगोको मुस्लो पर कतै देख्दा पनि त्यो नजिक सरेर आफ्नो घरसम्म आइपुग्ने पो हो कि भन्ने डर लाग्ने गरेको थियो।

११ वर्षकी मात्र उमेर भएकी उनको सोच भने परिपक्व छ। उनी स्वास्थ्य संसार चाहन्छिन्। यसका लागि सिङ्गो संसार एकमत हुनुपर्ने उनको मत छ। क्लाउडियोको विचारमा यस सानो उमेरमा यस फरक काममा संलग्न हुनु मारियाको साँच्चै बहादुरी पूर्ण कार्य हो।

यी ६ जनाको पक्षमा वकालत गर्ने कानुन व्यवसायीले ३२ सरकारले गरेको कामका कारण यस शताब्दीको अन्त्यसम्म तापक्रम बढी तीन डिग्री सेल्सियससम्म हुने जिकिर गर्नेछन्। ग्लोबल लिगल एक्सन नेटवर्क निर्देशक गेरार्ड ओक्वीन अहिलेको तापक्रम अत्यधिक बढी भएको तथा आश्चर्य लाग्दो भएको प्रतिक्रिया दिन चाहन्छन्। गेरार्डको पनि प्रस्ट मान्यता छ।

सरकारले चाहेमा अहिलेको ग्रिन हाउस ग्यास उत्सर्जनमा कमी ल्याउन सक्छ। यी सरकारले बे वास्ता गरेकै कारण अहिले समस्या निम्तिएको हो।

सन् २०२१ मा लान्सेटले गरेको एक अध्ययन अनुसार जलवायु परिवर्तनमा युवाहरूको असन्तुष्टि अत्यधिक बढ्दो छ। जलवायु परिवर्तन र यसबाट उत्पन्न समस्याका कारण उनीहरूको जीवनयापनको शैलीमा परिवर्तन भइसकेको छ। १० देशमा १६ देखि २५ वर्षका १० हजार युवाको माझमा गरिएको सर्वेक्षण अनुसार जलवायु सङ्कटका कारण सरकार प्रतिको आक्रोश पनि युवामा अत्यधिक नै छ।

धेरै देशका सरकारले उनीहरूले फाइल गरेको मुद्दा हेरिसकेका छन्। पोर्चुगलमा भएको सो आगलागीमा आफ्नो सरकारको प्रत्यक्ष भूमिका नभएका कारण उनीहरू ढुक्क छन्। उनीहरूले जलवायु परिवर्तनको प्रत्यक्ष असर अहिले नै मानव जीवनमा परी नसकेको जिकिर गर्ने भएका छन्। उनीहरूकै मतमा जलवायु नीति युरोपियन कोर्ट अफ ह्युम राइटमा जान आवश्यक नै होइन।

‘पोर्चुगलका यी ६ जना युवाहरू सामान्य हुन्। आफ्नो भविष्यको चिन्ता गरीरहेका उनीहरूले अहिले ३२ देशमा वैधानिक कानुनी टोलीका साथै हजारौँ कानुन व्यवसायीको सामना गरी रहेका छन्,’ गेरार्डले भने।

उनले यसले सुन्दर भविष्यका लागि पनि धेरै सहयोग पुग्ने बताएका छन्। यस मुद्दामा सुनुवाइ गरीरहेको तेस्रो पक्ष युरोपियन कमिस्नर फरक ह्युमन राइटका काउन्सिलर डून्जा मुजाटोभिककै विचारमा यस मुद्दाका कारण जलवायु र मानव अधिकारका विषयमा धेरै कुरा उठ्न सक्छन्।

मुजाटोभिक पनि अहिले संसारका सबै देशले सोच्नु पर्ने समय आएको बताउँछिन्। कागजमा होइन काममा नै केही फरकपन गर्ने समय आइसकेको उनको पनि मत छ। मुजाभोटिक पनि अहिले संसारका शक्तिले राष्ट्रका सरकारको भूमिका प्रति सन्तुष्ट छैनन्।

युरोपेली मानव अधिकार आयोगले ३२ देशका सरकारलाई जलवायु परिवर्तनको असरलाई कम गर्न तत्काल नयाँ काम सुरु गर्न दबाब दिनसक्छ।

जीवाश्म इन्धनलाई विस्थापित गर्दै पुन नवीकरणीय ऊर्जाको सोचमा अहिले संसारका धेरै देश छैनन्। उनीहरू यसरी ऊर्जाको श्रोत प्रतिस्थापन गर्दा आउन सक्ने आर्थिक समस्यामा बढी केन्द्रित भएका छन्।

यो सुनुवाइ नौ महिना १८ महिना चल्ने अनुमान गरिएको छ। क्लाउडियो आफूहरूको उमेर कम भए पनि यो सबैका लागि महत्त्वपूर्ण भएको बताउँछिन्। यो मुद्दा जितेमा आफूलगायत धेरै जनाको भविष्य सुनिश्चित बन्ने कुरामा उनी अडिग छिन्।

अहिले उनको मुद्दामा धेरैले चासो दिइरहेका छन्। उनीहरूको यो कदम समाचारका विषय बनेका छन्। यस मुद्दाको सुनुवाइका विषय पनि चर्चामा रहने छ। यी ६ जनाको कारण जलवायु परिवर्तन र यसको असरका बारे संसारमा नयाँ तरङ्ग पैदा गर्ने नै छ। यो मुद्दा उनीहरूकै जीवनकै लागि पनि नयाँ भएको छ। क्लाउडियोको बिचारमा यो अभियान निराशाबाट आशाका लागि लड्ने ६ बच्चाको बहादुरी पूर्वक अभियान पनि हो। स्रोतः बीबीसी

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ८ : ०६ बजे

लिखित प्रस्तावमै ढकालले लेखे : मैले बिहे गर्ने कि कुमारै बस्ने पार्टीले निर्णय देओस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

किमाथांका– सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३

चामलबिना पूजा किन पूर्ण भएको मानिँदैन?

काठमाडौं– हिन्दु धर्ममा सबै देवी-देवताको पूजामा चामलको प्रयोग विशेष रूपमा

‘केन्द्रीय सदस्यहरूले नमानेपछि रोकियो रास्वपाको प्रत्यक्ष प्रसारण’

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल

रास्वपा सुधार्न मुकुलको योजना : सबै केन्द्रीय सदस्यहरू दुई साता गुप्तवास बसौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुलुक ढकालले पार्टी सुधार्ने आफ्ना