पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती « Khabarhub

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने पुल जीर्ण बन्दा स्थानीय र पर्यटकलाई सास्ती भएको छ ।

स्थानीय सरकारले विसं २०७३ मा च्याल्तचाम खोलामाथि निर्माण गरेको पुलबाट स्थानीयले आवतजावत गर्दै आएका थिए । हाल पर्यटकहरू सोही पुलबाट जुगल हिमाल बेसक्याम्पसम्म पुग्ने गरेका छन् । 

पुल भाँचिएर जीर्ण हुँदा आफूहरूलाई आउजाउ गर्न समस्या भएको स्थानीयको दुखेसो छ ।

‘हामी यही पुल भएर आउजाउ गर्दै आएका थियौँ, अब पुलबाट हिँड्न डर मर्नु छ,’ स्थानीय देव लामाले भने, ‘पुल बिग्रिएको एक वर्ष हुँदा पनि स्थानीय सरकारले वास्ता गरेको छैन ।’

जुगल गाउँपालिकाले आन्तरिक एवम् बाह्य पर्यटकलाई जुगल हिमालसम्म पुर्‍याउने उद्देश्यले जुगल भ्रमण वर्ष २०८३ घोषणा गरेको छ तर पर्यटक आवतजावत गर्ने पुल जीर्ण भएकाले भ्रमण वर्षको औचित्यमै प्रश्न उठेको स्थानीय ल्हालुङ लामा बताउँछन्। जुगल हिमाल घुम्ने आउने पर्यटकको सिजन सुरु भएको छ । 

‘हाल ठूलो कत्तिके र सानु कात्तिके जोड्ने पुल जीर्ण अवस्थामा छ,’ उनले भने, ‘यस्तो अवस्थामा पर्यटक आउन सक्ने देखिँदैन, जसले गर्दा जुगल भ्रमण वर्षमाथि नै प्रश्न उठेको छ । पर्यटकलाई आकर्षित गर्ने हो भने सुरक्षित बाटो र पुल पनि चाहिन्छ ।’

 पुललाई अलपत्र नराखी तत्काल मर्मत वा नयाँ पुल निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले सो ठाउँमा रहेको जीर्ण पुल हटाई बेलिब्रिज निर्माण गरिने जानकारी दिए । 

‘पुल जीर्ण भएको हामीलाई जानकारी प्राप्त भएपछि पालिकाले विज्ञ प्राविधिकलाई अध्ययन गर्न पठाएका थियौँ,’ उनले भने, ‘प्राविधिकले पुल मर्मत हुने सम्भावना नरहेको जानकारी दिएका छन्, अब हामी त्यहाँ भएको जीर्ण पुल हटाएर बेलिब्रिज निर्माण गर्छौं ।’ 

बेलिब्रिज निर्माणका लागि पालिकाले बजेट विनियोजन गरिसकेको जानकारी दिँदै अध्यक्ष स्याङ्बोले असोज महिनाभित्रै ठेक्का प्रक्रियामा जाने बताए।
 

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ४ : ५० बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका