प्रधानमन्त्रीको चीन भ्रमण सतही आतिथ्य सत्कार र तीर्थाटनमा सीमित : डा. भट्टराई « Khabarhub

प्रधानमन्त्रीको चीन भ्रमण सतही आतिथ्य सत्कार र तीर्थाटनमा सीमित : डा. भट्टराई


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल चीनमा सतही अतिथि सत्कारमा रमाएको टिप्पणी गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाल यतिबेला आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा रहेको बेला प्रधानमन्त्री आसेपासेको प्रशंसामा रमाएर बसेको आरोप लगाए ।

उनले भनेका छन्, प्रमको चीन भ्रमण आफैँले अपेक्षा गरेभन्दा राम्रो भएको दाबी गरिए पनि देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने कुरा प्रमुख हो, नेपाल यतिबेला आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ। यस्तो वेला दूरदर्शी नेतृत्वले सङ्कटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथि सत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने !’

डा. भट्टराईले नेपाल राज्यले इतिहासदेखि नै उत्तर र दक्षिणका दुई ठूला छिमेकीसँग छुट्टाछुट्टै रूपमा आफ्नो राष्ट्रिय हित अनुकुल सम्बन्ध राखेर लाभ लिँदै आइरहेको बताए । 

२१ औँ शताब्दीमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको वेला ऊसँगको निकट सम्बन्ध मार्फत मुख्य रूपमा तीब्र आर्थिक रूपान्तरणको महत्वपूर्ण सम्भावना र अवसरको सदुपयोग गर्नुपर्ने अवस्था रहेको उनको भनाइ
छ । उनले भने, ‘बीआरआईजीडीआईलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रमको भ्रमण केन्द्रित हुनुपर्थ्यो, कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुई देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात र पारवहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो, तीर्थाटन त हुँदै गर्थ्यो  ।’

सबैले लेखेर राखौँ भन्दै उनले भनेका छन्, ‘सयौँ वर्षदेखि अविकास र अल्पविकासको दुष्चक्रमा फस्दै आएको नेपालको तीब्र गतिको आर्थिक रूपान्तरण  (दुई अंकको आर्थिक वृद्धिदर–दुइ दशक निरन्तर) को लक्ष्य दुई ठूला छिमेकी अर्थतन्त्रको मूल्य शृङ्खलासँगै तालमेल मिलाएर अघि नबढी सम्भवै छैन, इतिहासले मलाई गलत साबित गरेमा खुशी हुनेछु ।’

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ८ : ५० बजे

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।

राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले