कर्णालीको मुख्य दुस्मन गरिबी : मुख्यमन्त्री शर्मा « Khabarhub

कर्णालीको मुख्य दुस्मन गरिबी : मुख्यमन्त्री शर्मा


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुस्मन गरिबी रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कर्णालीको गरिबी हटाउनु अहिलेको ठूलो चुनौती रहेको बताए । 

‘हामिले कर्णालीको गरिबीलाई हटाउने योजना बनाएका छौँ, प्रत्येक वर्ष विपन्न गरिब, गरिब घर परिवारका १० हजार युवालाई रोजगार बनाउने योजना बनाएका छौँ, यो योजना हामीले सफल पारेरै छाड्ने छौ’, मुख्यमन्त्री शर्माले भने। 

त्यसका लागि नीति तथा कार्यक्रम निर्माण गरिएको उनले बताए। ‘हामी १० हजार युवालाई रोजगारी दिने कार्यको प्रक्रियामा छौँ, अनुदानमार्फत नभएर बीउपुँजी अन्तरगत युवालाई रकम सहयोग गरेर उनीहरूको आयआर्जनमा सहयोग पुर्‍याउने योजनाका साथ प्रदेश सरकार लागेको छ’, मुख्यमन्त्री शर्माले भने । कर्णाली प्रदेशमा धेरै चुनौती रहेको भए पनि त्यो चुनौतीका माझ पनि सरकारले काम गर्ने उनले बताए । 

राजनीतिक अस्थिरताका कारणले भने सरकारमा बसेर काम गर्न केही समस्या भएको उनले बताए । आफूले तीन पटकसम्म विश्वासको मत लिएको प्रसङ्गलाई जोड्दै नेपालको अस्थिर राजनीतिका कारण पनि सरकारमा रहेर प्रभावकारी काम गर्न नसकेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १२ : ३२ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली