सामाजिक सद्भाव कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड | Khabarhub Khabarhub

सामाजिक सद्भाव कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले धार्मिक र साम्प्रदायिक सद्भाव कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले देशका विभिन्न स्थानमा धार्मिक र साम्प्रदायिक सद्भाव खलबलिने कार्य भइरहेकाले सामाजिक सद्भावलाई कायम गर्न गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको हो ।

बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले धार्मिक र साम्प्रदायिक सद्भाव खलबलिन नदिन समस्यालाई समाधान गर्ने दिशातर्फ जानुपर्नेमा बैठकको जोड रहेको बताए । प्रवक्ता सापकोटाले सामाजिक सद्भाव कायम राख्ने विषयमा सबै पार्टी पङ्तीहरुले नेतृत्वदायी भूमिकाका साथ गम्भीर भएर सबैसँग छलफल गर्नुपर्ने बताए । 

त्यस्तै बैठकमा विद्यालय शिक्षा सम्बन्धी विधेयक र राहत शिक्षकको गुनासोको विषयमा छलफल भएको र शिक्षकहरूको जायज मागलाई पुरा गर्न सम्बन्धित पक्षसँग गहन रुपमा छलफल गर्नुपर्ने पार्टीको ठहर रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

उनले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानलाई प्रभावकारी बनाउने बारेमा पनि बैठकमा छलफल भएको जिकिर गरे ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  २ : १० बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित