बिहीबार पनि काठमाडौंमा राहत शिक्षकको प्रदर्शन | Khabarhub Khabarhub

बिहीबार पनि काठमाडौंमा राहत शिक्षकको प्रदर्शन


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउदै राहत, बालविकास लगायतका शिक्षकहरूले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

महासङ्घसँगको सहमतिमा आफूहरूको माग प्रति सरकारले कुनै सुनवाई नगरेको भन्दै राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, उमावि अनुदान शिक्षक, अस्थायी करार बाल विकास शिक्षक कर्मचारी तथा कार्यालय सहयोगीहरूले कालो पट्टी बाँधेर प्रदर्शन गरेका हुन् । उनीहरूले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध र्याली निकालेका छन् ।

शिक्षकहरूको विरोधका कारण बिहीबार पनि सो क्षेत्रको यातायात अस्तव्यस्त भएको छ । उनीहरूले विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोध गरेका छन् ।

राहत शिक्षकले सत प्रतिशत आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने र बालविकास शिक्षकहरूले बालविकास केन्द्र विद्यालय संरचनाभित्र ल्याउनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह शिक्षक सरह तलब हुनुपर्ने लगायतका माग राखेका छन् । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  २ : २९ बजे

पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।