बिहीबार पनि काठमाडौंमा राहत शिक्षकको प्रदर्शन « Khabarhub

बिहीबार पनि काठमाडौंमा राहत शिक्षकको प्रदर्शन


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउदै राहत, बालविकास लगायतका शिक्षकहरूले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

महासङ्घसँगको सहमतिमा आफूहरूको माग प्रति सरकारले कुनै सुनवाई नगरेको भन्दै राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, उमावि अनुदान शिक्षक, अस्थायी करार बाल विकास शिक्षक कर्मचारी तथा कार्यालय सहयोगीहरूले कालो पट्टी बाँधेर प्रदर्शन गरेका हुन् । उनीहरूले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध र्याली निकालेका छन् ।

शिक्षकहरूको विरोधका कारण बिहीबार पनि सो क्षेत्रको यातायात अस्तव्यस्त भएको छ । उनीहरूले विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोध गरेका छन् ।

राहत शिक्षकले सत प्रतिशत आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने र बालविकास शिक्षकहरूले बालविकास केन्द्र विद्यालय संरचनाभित्र ल्याउनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह शिक्षक सरह तलब हुनुपर्ने लगायतका माग राखेका छन् । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  २ : २९ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम