डडेलधुरा मेडिकल कलेजमा यसै वर्षदेखि पढाइ सुरु हुने « Khabarhub

डडेलधुरा मेडिकल कलेजमा यसै वर्षदेखि पढाइ सुरु हुने


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको छ । 

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको जानकारी दिए।

‘अनुमति प्राप्त भइसकेको छ । यसै शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्ने गरी तयारी गरिरहेका छौँ’, उपकुलपति जोशीले भने। ‘विश्वविद्यालयले उपप्राध्यापक र सहप्राध्यापक माग गरिसकेको छ ।’

उनले अहिले डडेल्धुरा अस्पतालमा एक सय शय्या सञ्चालनमा रहेको र त्यसलाई थप गरेर सुरुवातमा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने गरी तयारी गरिरहेको बताए। मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । 

त्यसैगरी डडेल्धुरा क्षेत्रीय अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डीनको कार्यालय स्थापना गरेर कलेज निर्माणको प्रक्रिया अघि बढाएको हो । अहिले प्रशासनिक भवन निर्माण, छात्रवासलगायतका संरचना निमार्णका लागि डिपीआर निर्माणको काम भइरहेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशीको भनाइ छ । 

सरकारले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । ‘डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा आए सुदूरपश्चिम प्रदेश क्षेत्रका विद्यार्थीलाई चिकित्सा शिक्षामा पहुँच विस्तार हुनेछ भने प्रदेशभरि विशेषज्ञ उपचार सेवामा पहुँच पुग्ने छ’, उपकुलपति जोशीले भने, ‘विशेष गरी सुदूरपश्चिमको पहाडी जिल्लाका नागरिकले छिटोछरितो स्वास्थ्य सेवा पाउनेछन ।’

मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको उपकुलपति जोशीले बताए। विश्वविद्यालयले एमबिबिएस सञ्चालनका लागि समेत रणनिति बनाएर तयारी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ४ : १० बजे

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका

तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो

जानकी मन्दिर विवादबारे हर्कले भने, ‘म बाटैमा थिएँ, श्रमदातालाई अपमान गरेछन्’

काठमाडौं- जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता-कार्यकर्ता र

पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी

बागमती– जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई