तासकन्द विमानस्थल नजिकै गोदाममा विस्फोट, एक जनाको मृत्यु « Khabarhub

तासकन्द विमानस्थल नजिकै गोदाममा विस्फोट, एक जनाको मृत्यु


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

तासकन्द– उज्बेकिस्तानको राजधानी तासकन्दस्थित विमानस्थल नजिकैको गोदाममा गएराति भएको विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएको मध्य एसियाली मुलुक उज्बेकिस्तानका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । 

‘विष्फोटमा परी १७ वर्षीय एक किशोरको मृत्यु भएको छ,’ उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले टेलिग्राममा भनेको छ । मन्त्रालयका अनुसार उक्त घटनामा थप १६२ जना घाइते भएका छन् । 

आपतकालीन व्यवस्था मन्त्रालयले शक्तिशाली चट्याङका कारण विमानस्थल क्षेत्रको गोदाममा ‘आगो लागेपछि विस्फोट भएको’ जनाएको छ । दुर्घटनामा परी घाइते भएकामध्ये १३८ जना सामान्य घाइते भएका छन् भने अन्य २४ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोमा आगोको ज्वाला र धुवाँको मुस्लो रातको आकाशमा माथिसम्म पुगेको देखिएको छ । विस्फोटबाट आसपासका केही घरका झ्यालहरू फुटेका थिए भने भित्री भागमा क्षति पुगेको थियो ।

घटनास्थलमा रहेका एएफपीका एक संवाददाताका अनुसार उद्धारकर्मीले आगलागीको केही घण्टापछि आगो नियन्त्रणमा लिएको र उद्धारमा खटिएका एक एम्बुलेन्सका घाइते कर्मचारीलाई बाहिर निकालेका छन् । पनि विस्फोटको आवाज आगलागी भएको केही घण्टापछि पनि सुनिएको थियो ।

उज्बेकिस्तानको राष्ट्रिय समाचार संस्था उजाका अनुसार देशको सबैभन्दा ठूलो विमानस्थल आगलागीपछि पनि सामान्य रूपमा सञ्चालनमा छ ।

उज्बेकिस्तान मध्य एसियाली पूर्व सोभियत गणराज्यहरूमध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो । पुराना उपकरण र सुरक्षा मापदण्डको पालना नहुनुका कारण आगलागी हुनुलाई यहाँ सामान्य र नियमित घटनाका रूपमा हेरिन्छ । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ४ : ४२ बजे

पोखरामा महिला गोल्डकप सुरु, पुलिस क्लबको विजयी सुरुवात

काठमाडौं– आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा शुक्रबारदेखि महिला गोल्डकप

बालेनलाई गगनले भने : कानुनी बाटोभन्दा डोजर अभियान ठूलो हुन सक्दैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्वासी बस्ती हटाउने सरकारी

परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट, द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्ग निर्देशक हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय

अब मौन व्रत तोड्नुपर्ने अवस्था आयो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले दिएको म्यान्डेडअनुसार ठिक