कटुवा पेस्तोलसहित एकजना पक्राउ « Khabarhub

कटुवा पेस्तोलसहित एकजना पक्राउ


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली १ राउण्ड, किल्ला उक्काउने रड २ थान र पेचकस १ थानसहित एक जना पक्राउ परेका छन् । सोनमा गाउँपालिका-५ खयरबनी चोकबाट भारत बिहार राज्य सितामढी जयनगर ग्रामपंचायत-११ बस्ने २४ वर्षीय बलबिन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय खैयरबनीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० के ३४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी चालक महतोलाई पक्राउ गरेको हो । 

साथै बिआर ५५ ए २७२५ नम्बरको मोटरसाइकल चालकले प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडी फरार भएकोमा प्रहरीले उनको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ६ : ०५ बजे

चितवन–२ बाट रास्वपा सभापति लामिछाने विजयी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन

सुनसरी– १ : हर्क साम्पाङले लिए अग्रता, रास्वपाकी गोमा पछ्याउँदै

सुनसरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम

जसपा छोड्दा ओलीले स्वागत गरेका राईले एमालेलाई दिलाए पहिलो जित

काठमाडौं – बाँके–२ मा नेकपा एमालेका उम्मेदवार इस्तियाक राई विजय

झापा–२ : रास्वपाकी उम्मेदवार रानामगर करिब १७ हजार मतले अगाडि

झापा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर २ मा

रामेछापमा नेकपाका उम्मेदवार श्रेष्ठ अगाडि

काठमाडौं– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको