सुमो चालक आचार्यको शव शंकास्पद अवस्थामा फेला « Khabarhub

सुमो चालक आचार्यको शव शंकास्पद अवस्थामा फेला


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

खोटाङरावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्यको शव शंकास्पद अवस्थामा फेला परेको छ ।

 यात्रुवाहक सुमो ऐसेलुखर्क–काठमाडौँ ओहोरदोहोर गराउँदै आएका ३३ वर्षीय चालक आचार्यको शव आज सोही गाउँपालिकाको वडा नं ३ ऐसेलुखर्क बजारस्थित त्रिभुवन माध्यमिक विद्यालयको गेट नजिकै मृत फेला परेको हो । 

चालक आचार्यको शव भेटिएको ठाउँको प्रकृति हेर्दा शंकास्पद अवस्था देखिएको डुम्रेधारापानीका वडाध्यक्ष ज्ञानुराज पाण्डेले जानकारी दिएका छन् । ‘आचार्यको शव वडा कार्यालय जाने बाटोको डिलमुनि खसेर घोप्टो परेको, मुन्टो भाँचिएको, दुई हात दुईवटा काठको मुढोले किचेको अवस्थामा फेला परेको छ’, उनले भने, ‘आचार्यको साथमा मोबाइल र बेल्टमा बाँधिएको गाडीको चाबीसमेत भेटिएको छ । यस विषयमा गहिरो अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको छ ।’

बुधबार बेलुकाको खाना खाएर कोठा जानेक्रममा डिलमा राखिएको काठको मुढोसँगै खसेर आचार्यको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरीक्षक हरि बरालले बताए। ‘मृतकका आफन्त घटनास्थलमा आइपुगेका छैनन् । उनीहरू आइपुगेपछि मात्रै उनको शव परीक्षण गर्ने कुरा भएको छ’, उनले भने, ‘घटनाबारे प्रहरीले गर्ने अनुसन्धान भइरहेको छ । अहिले नै केही भन्न सकिने अवस्था छैन ।’

दुई छोराका बुबा सुमो चालक आचार्यको मृत्यु भएको खबर पाएपछि उनका आफन्तहरू काठमाडौँबाट घटनास्थल आउँदै गरेको जनाइएको छ । घटनास्थलको प्रमाण सुरक्षित राख्न आचार्यको शव वरिपरि प्रहरीले घेरा हालेर राखेको छ । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ६ : ०८ बजे

कानुनी विवाह गरेको एक वर्षपछि नीति बनिन् बेहुली

काठमाडौं– मोडल तथा नायिका नीति शाहले लगन गाँठो कसेकी छन्

कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा बागी उठ्नेहरूलाई कारबाही गर्ने

ललितपुर- नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका

बदलिँदो चुनाव प्रचारशैली : पहिलेको जस्तो छापिनै छाडे दलका पर्चा

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै

ओलीको पत्र लिएर एमाले कार्यकर्ता मतदाताका घर-घरमा

दमक– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले

‘निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक’

मोरङ– निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको