मोहम्मद दिवस : सामाजिक सद्भाव कायम राख्न अपिल | Khabarhub Khabarhub

मोहम्मद दिवस : सामाजिक सद्भाव कायम राख्न अपिल


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मुस्लिम धर्मावलम्बीहरूको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा नेताहरूले भ्रातृत्व र सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गरेका छन् ।

मोहम्मद दिवसको अवसरमा आज जनपुरधामको तिरहुतीया गाछीमा आयोजित खुला सभामा नेताहरूले विभिन्न धर्मावलम्बी, जातजाति र संस्कृतिमा आस्था राख्ने आम नेपालीहरूले सामाजिक सद्भाव कायम राख्न सदियौँदेखि प्रदर्शन गरेको एकतालाई कायम राख्न अपिल गरे ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भिन्न धर्म, सम्प्रदाय र जातिका नाममा पछिल्लो समय भइरहेका गलत गतिविधिलाई निरुत्साहित गर्ने दायित्व सबैको भएको बताए । उनले नेपालको संविधानले कायम गरेको धर्मनिरपेक्षताको मर्म र एकै स्थानमा मिलेर बसेको नेपाली समाजलाई कुनै पनि नाममा भड्काउने काम नगर्न अपिल गरे । 

नेकपा ९एमाले० नेतृ एवं प्रतिनिधिसभा सांसद जुलीकुमारी महतोले हिंसा, अशान्ति र गलत काम कुनै पनि धर्मले बर्जित गरेको भन्दै इस्लाम धर्मावलम्बीको विशेष पर्व मोहम्मद जन्मजयन्तीका अवसरमा सबैले सामाजिक एकताको संकल्प गर्नुपर्ने धारणा राखे । उनले धर्म, जातजाति, धनी, गरिब, फरक लिङ्गलगायत कुनै पनि आधारमा कसैले पनि विभेद गर्न नपाइने बताए ।

त्यसैगरी मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले संविधानको दायरामा रहेर सबै धर्मावलम्बीले आ–आफ्नो धार्मिक स्वतन्त्रताको प्रयोग गर्न पाउने भन्दै धर्म र सामाजिक सद्भावविरोधी क्रियाकलापमा नलाग्न सचेत गराए । 

नेपालको संविधानको मान्यता प्रतिकूल क्रियाकलाप दण्डनीय भएको भन्दै मन्त्री समिमले कसैको अधिकारमाथि आँच आउने काम नगर्न र कसैले त्यसो गरेमा सरकारका निकाय नियन्त्रणका लागि सक्षम रहेको धारणा राखे ।

मौलना इजरायल अहमद रिजवी, हाकिम राइनलगायत मुस्लिम अगुवाहरूले पनि समाजमा मिलवर्तन, भातृत्व, एकता र सद्भाव खल्बलिने काममा नलाग्न सबैलाई आग्रह गरे । उनले फरक धर्म र संस्कृति मान्ने आम नेपालीले एकअर्काप्रति सम्मान र सद्भाव राखेकै कारण नेपाल शान्ति भूमिका रूपमा चिनिएको भन्दै त्यसको मर्मअनुसार आफ्ना क्रियाकलाप गर्न सबैलाई अनुरोध गरे ।

मुस्लिम धर्मावलम्बीका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मजयन्तीका अवसरमा सो धर्मावलम्बीले हरेक वर्ष आजको दिनलाई विभिन्न कार्यक्रम गरी मनाउने गर्छन् । विश्वभर आज १४९८औँ मोहम्मद जयन्ती मनाइँदैछ । मुस्लिम बाहुल्य मधेसमा आज प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ७ : २७ बजे

आर्थिक अभावले सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो

अमरगढी (डडेल्धुरा)– आर्थिक अभावमा सुदूरपश्चिमका एफएम रेडियो स्टेशन सङ्कटमा परेका

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा

रवि लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतमा परेको

साउदीमा बन्धक ४६९ नेपालीको उद्धार कसले गर्ने ?

काठमाडौं– विदेशी भूमिमा बन्धक बनाइएका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालय

प्रधानमन्त्री ओलीले दिए नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पूर्णपाठसहित)

काठमाडौं- सरकारले नीति तथा कार्यक्रममार्फत् ल्याएका नयाँ योजनाका बारेमा प्रधानमन्त्री