विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

आज आश्विन ११ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २८ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

चीन र ईयू साझेदार हुन् :  चिनियाँ विदेशमन्त्री
चीनका विदेशमन्त्री वाङ यीले चीन र युरापेली सङ्घ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताएका छन् ।

हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तोसँग टेलिफोनमा कुरा गर्दै उनले बेल्ट एण्ड रोड’ सहयोगका लागि चीनसँग अन्तरसरकारी सहयोग दस्तावेजमा हस्ताक्षर गर्ने हङ्गेरी पहिलो युरोपेली देश भएको बताए।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक विभागका सदस्यसमेत रहेका वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ र हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानको रणनीतिक मार्गदर्शनमा चीन र हङ्गेरीबीचको ‘बेल्ट एण्ड रोड’ सहकार्यले फलदायी परिणाम दिएको र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धका लागि राम्रो उदाहरण प्रस्तुत गरेको बताए।

‘अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड फोरममा हङ्गेरीको उपस्थितिलाई चीनले स्वागत गर्छ’, वाङले भने, ‘चीन हङ्गेरीसँग पारस्परिक विश्वास र मित्रता बढाउन र चीन–हङ्गेरी सम्बन्धको विकासका लागि नयाँ रणनीतिक योजनाहरू बनाउन र नयाँ र बलियो गति प्रदान गर्न यस अवसरको उपयोग गर्न तयार छ ।’

उक्त अवसरमा, चीन हङ्गेरी–सर्बिया रेलमार्गको सफल निर्माण सुनिश्चित गर्न र संयुक्त रूपमा चीन–हङ्गेरी व्यावहारिक सहयोगको सफल नमूना निर्माण गर्न हङ्गेरीसँग काम गर्न तयार रहेको वाङले बताए।

चिनियाँ विद्युतीय सवारी साधनहरूमा ईयूको अनुदान विरोधी अनुसन्धानले अन्तर्राष्ट्रिय व्यापारको आधारभूत नियमहरूको उल्लङ्घन गर्दछ, जसले सम्भवतः विश्वव्यापी यातायात उत्पादनका औद्योगिक र आपूर्ति श्रृङ्खलालाई बाधा पुर्‍याउनेछ ।

सिजार्तोले हङ्गेरी र चीनबीचको बेल्ट एण्ड रोड सहकार्यले महत्वपूर्ण परिणाम हासिल गरेको र यसबाट हङ्गेरीलाई धेरै फाइदा भएको बताए ।

‘हङ्गेरीले अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड फोरममा सक्रिय रूपमा भाग लिने, दुई पक्षबीच बेल्ट एण्ड रोड सहयोगलाई अझ प्रगाढ बनाउने र हङ्गेरी–सर्बिया रेलमार्ग निर्माणमा ठोस प्रगति गर्नेछ, जसले ताकि द्विपक्षीय सम्बन्धको थप विकासका लागि जोड दिनेछ,’ सिजार्तोले भने ।

रोकिएको फक्सवागनको उत्पादन पुनः सुरु
सूचना प्रविधिमा आएको खराबीका कारण जर्मनीका विभिन्न कारखानामा उत्पादन ठप्प भएको तर समस्या तत्काल समाधान गरी पुनः उत्पादन शुरू गरिएको जर्मनीको कार कम्पनी फक्सवागनले जनाएको छ ।

बुधबारबाट सुरु भएको आइटी समस्याका कारण फक्सवागनको वुल्फ्सबर्गस्थित मुख्यालयसहित जर्मनीभरका आफ्नै ब्रान्डका प्लान्टमा असर परेको थियो । भीडब्लू समूहका अन्य ब्रान्डहरू पनि प्रभावित भएका छन् ।

‘फक्सवागन नेटवर्कमा आईटी पूर्वाधारको समस्या रातको समयमा समाधान गरिएको थियो,’ भोक्सवागनले एक बयानमा भनेको छ । ‘विश्वव्यापी उत्पादन सञ्जाल चलिरहेको छ, र उत्पादन योजनाबद्ध रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

‘प्रविधिमा देखिएको गढबढी ‘बाह्य प्रभावका कारण’ भएको भन्ने कुनै संकेततहरू फेला परेको छैन,’ भोक्सवागनले भनेको छ । गत महिना जापानी प्रतिद्वन्द्वी टोयोटाले पनि कम्प्युटर प्रणालीमा खराबी आएको भन्दै जापानमा रहेका आफ्ना सबै कारखानामा उत्पादन रोक्न बाध्य भएको थियो । अगस्ट २९ मा टोयोटाका १४ वटा घरेलु प्लान्टमा पार्टपुर्जाको उत्पादन केन्द्रहरू बिग्रिएपछि एक दिनका लागि मर्मत सम्भारका लागि कारखाना बन्द गरिएको थियो ।

टोयोटाका अनुसार यो घटना पनि साइबर आक्रमणका कारण भएको कुनै आधार फेला परेको थिएन ।

तासकन्द विमानस्थल नजिकै गोदाममा विस्फोट, एक जनाको मृत्यु
उज्बेकिस्तानको राजधानी तासकन्दस्थित विमानस्थल नजिकैको गोदाममा गएराति भएको विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएको मध्य एसियाली मुलुक उज्बेकिस्तानका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

‘विष्फोटमा परी १७ वर्षीय एक किशोरको मृत्यु भएको छ,’ उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले टेलिग्राममा भनेको छ । मन्त्रालयका अनुसार उक्त घटनामा थप १६२ जना घाइते भएका छन् ।

आपतकालीन व्यवस्था मन्त्रालयले शक्तिशाली चट्याङका कारण विमानस्थल क्षेत्रको गोदाममा ‘आगो लागेपछि विस्फोट भएको’ जनाएको छ । दुर्घटनामा परी घाइते भएकामध्ये १३८ जना सामान्य घाइते भएका छन् भने अन्य २४ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोमा आगोको ज्वाला र धुवाँको मुस्लो रातको आकाशमा माथिसम्म पुगेको देखिएको छ । विस्फोटबाट आसपासका केही घरका झ्यालहरू फुटेका थिए भने भित्री भागमा क्षति पुगेको थियो ।

घटनास्थलमा रहेका एएफपीका एक संवाददाताका अनुसार उद्धारकर्मीले आगलागीको केही घण्टापछि आगो नियन्त्रणमा लिएको र उद्धारमा खटिएका एक एम्बुलेन्सका घाइते कर्मचारीलाई बाहिर निकालेका छन् । पनि विस्फोटको आवाज आगलागी भएको केही घण्टापछि पनि सुनिएको थियो ।

उज्बेकिस्तानको राष्ट्रिय समाचार संस्था उजाका अनुसार देशको सबैभन्दा ठूलो विमानस्थल आगलागीपछि पनि सामान्य रूपमा सञ्चालनमा छ ।

उज्बेकिस्तान मध्य एसियाली पूर्व सोभियत गणराज्यहरूमध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो । पुराना उपकरण र सुरक्षा मापदण्डको पालना नहुनुका कारण आगलागी हुनुलाई यहाँ सामान्य र नियमित घटनाका रूपमा हेरिन्छ ।

‘पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा’
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एक वर्षअघि आएको विनाशकारी बाढीबाट पीडित पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा भएको बताएका छन् ।

पाकिस्तानमा आएको बाढीबारे महासभामा जानकारी दिँदै उनले भने, ‘विपत्ति वा डढेलो, आँधीबेहरी र खडेरीले यो परिमाणमा अन्यत्र तहसनहस पारेको छैन ।’

‘कार्बन उत्सर्जनले पृथ्वीलाई तताइरहेको, मानिसहरूको ज्यान लिइरहेको, समुदाय र अर्थव्यवस्थालाई तहसनहस पारिरहेको छ । उनले भने, ‘केही देशहरूले उत्सर्जन कटौती गर्न नसक्ने दाबी गरेका छन् । सत्य के हो भने जलवायु परिवर्तनबाट हुने क्षतिलाई कसैले पनि एकल प्रयासमा धान्न सक्दैन ।’

महासचिव गुटेरेसले भने, ‘जीवाश्म ईन्धन–आधारित ऊर्जा प्रणालीहरू राजनीतिक निर्णय हुन् । अनि ती निर्णयहरू परिवर्तन हुनैपर्छ ।’

गुटेरेसले दाता र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई आफ्ना प्रतिबद्धता पूरा गर्न र पाकिस्तानका लागि आफूले वाचा गरेको रकम जतिसक्दो छिट्टै टेबुलमा जम्मा गर्न आग्रह गरे ।

सुर्तीजन्य पदार्थ बेचेको आरोपमा झण्डै चार सय जना पक्राउ

टर्कीए प्रहरीले अवैध ढङ्गले सुर्तीजन्य पदार्थ बेचेको आरोपमा तीन सय ७० जनालाई पक्राउ गरेको छ । 

अवैध सुर्तीजन्य पदार्थ उत्पादन गर्ने आपराधिक सङ्गठनविरुद्धको राष्ट्रव्यापी अभियानमा उनीहरूलाई पक्राउ गरिएको मन्त्रिपरिषद्का एक जना सदस्यले बताएका छन् । 

टर्कीएका गृहमन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमा ‘अपरेसन फग’ अभियानमा तस्करी र सङ्गठित अपराधविरुद्धका कारबाहीमा  छ सय ७२ स्थानमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको लेख्नुभएको छ ।

बढ्दो मुद्रास्फीति र चुरोटलाई महँगो बनाउने कर वृद्धिका कारण गैरकानुनीरुपमा चुरोटलगायत सुर्तिजन्य पदार्थको तस्करी बढेको छ । टर्किएले गत डिसेम्बरमा अवैध सुर्ती उत्पादन र बिक्री रोक्न कानुनी व्यवस्थामा संशोधन गरेको थियो । संशोधित उक्त कानुनले अवैध रूपमा सुर्तीजन्य पदार्थ बिक्री गर्नेलाई दुईदेखि पाँच वर्षसम्म कैद सजाय हुन सक्ने व्यव

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ७ : ५९ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि