चलचित्र बासेन्जी असोज २६ बाट प्रदर्शन हुँदै « Khabarhub

चलचित्र बासेन्जी असोज २६ बाट प्रदर्शन हुँदै


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । ‘भिडियो गेम’स्टाइलमा निर्मित चलचित्र बासेन्जी असोज २६ बाट प्रदर्शन हुने भएको छ । अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टको निर्देशनमा गौरीशङ्कर इन्टरटेनमेन्टबाट सुरज मैनालीको निर्माणमा बनेको “बासेन्जी” हरर जनरामा निर्माण गरिएको चलचित्र हो ।

बासेन्जी प्रदर्शन मिति तोकिएसँगै नेपाली चलचित्र वृत्तमा पहिलो पटक भिडियो गेममा देखिने प्रस्तुतिकरण हेर्न पाइने भएको छ ।

यस अघि “म्याङ्गो पिक्कल” (आँपको अचार) नेपाली कथानक चलचित्र निर्देशन गरेका इयक स्कट क्लेमेन्टले यो भलभित्र निर्देशन गरेका छन् ।

आँपको अचार चलचित्र आफ्ना मित्रहरूसँगको सहकार्यमा निर्माण गरिएको चलचित्र पश्चात् गौरीशङ्कर इन्टरटेनमेन्टसँग आबद्ध सुरज मैनाली र गौरव बस्नेतसँग मिलेर क्लेमेन्टले ुबासेन्जीु चलचित्रको लेखन कार्य गरेका हुन् ।

यो चलचित्रमा प्रवेशको भूमिकामा कलाकार असिम निरौला आबद्ध छन् भने आकाशको भूमिकामा सुप्रिम राई छन् । वरिष्ठ कलाकार मिथिला शर्मा र सरिता गिरीको पनि यो चलचित्रमा प्रमुख भूमिका रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ८ : ०९ बजे

तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

काठमाडौं– प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा 

काठमाडौं– बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ