चलचित्र बासेन्जी असोज २६ बाट प्रदर्शन हुँदै « Khabarhub

चलचित्र बासेन्जी असोज २६ बाट प्रदर्शन हुँदै


११ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । ‘भिडियो गेम’स्टाइलमा निर्मित चलचित्र बासेन्जी असोज २६ बाट प्रदर्शन हुने भएको छ । अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टको निर्देशनमा गौरीशङ्कर इन्टरटेनमेन्टबाट सुरज मैनालीको निर्माणमा बनेको “बासेन्जी” हरर जनरामा निर्माण गरिएको चलचित्र हो ।

बासेन्जी प्रदर्शन मिति तोकिएसँगै नेपाली चलचित्र वृत्तमा पहिलो पटक भिडियो गेममा देखिने प्रस्तुतिकरण हेर्न पाइने भएको छ ।

यस अघि “म्याङ्गो पिक्कल” (आँपको अचार) नेपाली कथानक चलचित्र निर्देशन गरेका इयक स्कट क्लेमेन्टले यो भलभित्र निर्देशन गरेका छन् ।

आँपको अचार चलचित्र आफ्ना मित्रहरूसँगको सहकार्यमा निर्माण गरिएको चलचित्र पश्चात् गौरीशङ्कर इन्टरटेनमेन्टसँग आबद्ध सुरज मैनाली र गौरव बस्नेतसँग मिलेर क्लेमेन्टले ुबासेन्जीु चलचित्रको लेखन कार्य गरेका हुन् ।

यो चलचित्रमा प्रवेशको भूमिकामा कलाकार असिम निरौला आबद्ध छन् भने आकाशको भूमिकामा सुप्रिम राई छन् । वरिष्ठ कलाकार मिथिला शर्मा र सरिता गिरीको पनि यो चलचित्रमा प्रमुख भूमिका रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ८ : ०९ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको