भीभीआईपीहरु जात्रा अवलोकन गर्न पैदल जाने अभ्यास संस्थागत हुनेछ : बालेन « Khabarhub

भीभीआईपीहरु जात्रा अवलोकन गर्न पैदल जाने अभ्यास संस्थागत हुनेछ : बालेन


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रा अवलोकन गर्न आएका भीभीआईपीहरूप्रति आभार व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत बालेनले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गर्ने महानगरको निर्णयलाई स्वीकार गरि हिँडेर वसन्तपुर पुग्ने भीभीआईपीहरूप्रति आभार व्यक्त गरेका हुन् ।

‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन (सवारी साधन निषेधित क्षेत्र) मा सवारी साधन प्रवेश गराइदिनु भएन । उहाँहरुले जुद्ध सालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो । हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

साथै उनले काठमाडौँका सम्पदा संरक्षणमा योकदमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेका छन् । उनी लेख्छन्, ‘सामान्य जस्तो लागे पनि काठमाडौँका सम्पदा संरक्षणमा यो अर्को फड्को हो । हाम्रो अनुरोधको परिवर्तनलाई स्विकार गरिदिनु भएकोमा आभारी छौँ ।’

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १० : १८ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा

‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

बाँके– लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने