नाटक एउटा जीवन हो | Khabarhub Khabarhub

नाटक एउटा जीवन हो

'एउटा नाटकमा मैले सुरुमा १५ सय रुपैयाँ कमाएको थिएँ'


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नेपाली नाट्य क्षेत्रमा धेरै लामो समयदेखि क्रियाशील रहेर उहाँले २०३६ सालमा काठमाडौं प्रवेश गर्दा तीन सय रुपैयाँ बोकेर आउनुभएको थियो। २०३८ सालमा आरोहण स्थापना गर्नुभयो भने उहाँले एक दर्जनभन्दा बढी चलचित्रमा अभिनयका साथै निर्देशन गर्नुभएको छ । २०४१ मा आफ्नो नाटकलाई अझ परिष्कृत गर्नको लागि उहाँ दिल्लीस्थिति नेश्नल स्कुल अफ ड्रामामा भर्ना हुनुभयो । २०५९ सालमा गुरुकुल थ्रेटरको स्थापना गरेर केही समय बन्द हुँदा उहाँ निराश रहनुभयो । आगामी नाट्यकर्म र नाट्यशालाको अवस्था र स्वयम सुनिल पोखरेलको अहिलेको दैनिकीको बारेमा नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

नाटकप्रतिको तपाईको मोह कति पुरानो हो ?
२०३६ सालमा सुरु भएको हो । खोटाङमा पुरै बस्ती नेवारहरूको थियो । सायद धुलिखेल बनेपाबाट गएका मान्छेहरू होलान् । त्यहाँ नाटक देखाई रहेकाले मलाई आकर्षण गरेको हो कि जस्तो लाग्छ ।

पहिलो नाटक कहिले खेल्नुभएको थियो ?
सायद १५÷१६ वर्षको उमेर तिर हुनसक्छ । त्यो पल रमणीय थियो । पहिला विराटनगरमा पढ्दा रमेश बुढाथोकी जो मेरो कक्षाको साथी थिए त्यो बेलाको नाटकमा स्थापित मान्छे हो । उसको संगतबाट नै म पनि लागेको हो । उसको सोचसँग मेरो सोच मिल्न गएको कारण हुनसक्छ। यो क्षेत्रमा झन् आकर्षित भएको हुँ । ९ कक्षामा विजय मल्लको पर्खाल नामक नाटक पढ्नु पर्नै थियो । त्योबाट नै उत्सुकता जाग्यो । त्यसकारण पढेको चिज त गर्ने हो ।

नाटकप्रतिको चाहना र खास नाटकमा के देख्नुभयो ?
नाटक भनेको जीवन जस्तो नै हो । त्यसलाई जीवन बुझ्छु ।

खास नाटकले के दिन्छ र चलचित्रले के दिन्छ ?
म चलचित्रमा संलग्न रहेको छैन । नाटकमा मात्र संलग्न रहेको छु । नाटक भनेको एउटा जीवन नै हो ।

व्यवसायतर्फ नाटक फराकिलो नहुनुको कारण के हुनसक्छ ?
चलचित्र एकै चोटी देश भित्रका सबै हलमा रिलिज गर्न तथा विश्वमा रिलिज गर्न सकिने हुन्छन्। नाटक भनेको एउटा सानो हलमा दुई सय तथा पाँच सय मान्छेले हेर्ने चिज हो । यसको सीमा तथा सम्भावना हुन्छ हामी हाम्रो सीमा भित्र बाचेका छौँ । नाटकलाई चलचित्रमा तुलना गर्न मिल्दैन नाटकलाई नाटककै रूपमा रहन दिनुपर्छ ।

चलचित्र जस्तो गरेर नाटकलाई जे छ प्रत्यक्ष रूपमा जसरी आँखाले हेर्छ । त्यसरी नै पर्दामा देखाउन मिल्ने कि नमिल्ने ?
नाटक पर्दामा प्रत्यक्ष रूपमा देख्नुहुन्छ र त्यसलाई तपाईंले ढुंगाले हान्नुभयो भने दुख्छ त्यो पर्दामा तर तपाईँको टिभीको स्क्रिन फुट्छ । नाटकमा त ढुङ्गाले हान्यो भने दुख्छ । बिलकुल फरक छ ।

एउटा व्यक्तिको जीवनमा सन्तुष्टि कति बेला प्राप्त हुन्छ ?
कहिले काहिँ आफूले गरेको काम राम्रो भएछ भने सन्तुष्टि प्राप्त हुन्छ । परिवारमा सबै राम्रो चलाउन सकेमा पनि सन्तुष्टि हुन्छ । म के मान्छु भने हरेक विद्यार्थी शिक्षकभन्दा अगाडि जानुपर्छ शिक्षकलाई फेल गराउनुपर्छ आफू अगाडि बढेर त्यो बेला शिक्षकलाई नै खुसी मिल्छ ।

अहिलेको समयमा चलचित्र बन्ने धार परिवर्तन हुन खोजिरहेको हो ?
त्यो एकदम सही हो । परिवर्तन नै भइसक्यो । अहिले तपाईंले नेपालमा सिन्दुर, जीवन रेखा जस्ता चलचित्र देख्नुहुन्छ । समयको मागले चलचित्रमा परिवर्तन भएको छ ।

बाहिर नाटकको कुनै अंश बोल्नको लागि कर गरेमा के गर्नु हुन्छ ?
करोड रुपैयाँ नै दिए पनि आफ्नो मान्यता भित्र रही बाहिर गएर बोल्दिन ।

गुरुकुल थिएटर बन्द भयो । तपाईं निराश हुनुभयो । यसरी ठेस लाग्दा मान्छेमा कस्तो भावनाको विकास हुने रहेछ ?
मसँग घरमा राम्रो पुस्तकालय छ । घरमा म पढ्छु । म आफ्नो लागि पढ्छु । त्यो समय रक्सी पिएँ । अहिले सम्झन्छु त्यो जीवन पनि मैले रमाइलो गरेछु । अहिले लाग्छ त्यो पनि आवश्यक थियो । पिउनु भनेको गर्व गर्ने कुरा होइन । मान्छेको जीवन एउटा छ, त्यो जीवनमा आफूलाई मन लागेको काम गर्न नपाए किन बाच्नु हो ? बाच्नुको अर्थ नै छैन । त्यो अरूलाई हानी नपु¥याई आफ्नो जीवन आफै जिउन सक्नुपर्छ ।

एउटा निर्जीव वस्तुले मानिसलाई चेतना बढाउन धेरै सहयोग गर्ने रहेछ ?
पृथ्वीमा भएका केही पनि चिजलाई म निर्जीव मान्दिन । सबै चिजहरू सजीव नै हुन । बोल्दैनन् तर ढुङ्गालाई पनि सजीव नै मान्छु । मान्छे पशुपति किन जान्छ ? म प्रकृतिमा भएका हरेक चिजमा केही अस्तित्व देख्छु । तिनीहरू सजीव छन् भनेर मान्छु ।

२०३६ सालमा तीन रुपैयाँ बोकेर तपाईं काठमाडौं आउँदा र २०८० सालको काठमाडौँलाई कसरी सम्झनुहुन्छ ?
आकाश जमिनको फरक रहेको छ । २०३६ सालमा रत्नपार्क टुँडिखेल बुझ्न मलाई ५–६ दिन नै लाग्यो । ठाउँ चिन्न गाह्रो हुने र अहिलेको काठमाडौँ भनेको पुँजीवादले गाजेको ठाउँ हो।

तपाईँको पहिलो कमाई कति थियो ?
एउटा नाटकमा मैले सुरुमा १५ सय रुपैयाँ कमाएको थिएँ ।

तपाईंलाई पैसाको आवश्यकता नभएको हो वा पैसाबाट टाढा रहन चाहनुभएको हो ?
पैसाको आवश्यकता पर्छ । तर म कमाए पनि आफूसँग पैसा राख्दिन ।

तपाईँको यात्रा अब कसरी अगाडि बढ्ला ?
बिहानै उठ्छु, भोलिको पनि सोच्छु । तर भविष्य कस्तो हुन्छ खासै थाहा छैन । (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ९ : ४० बजे

रोल्स रोयसले भारतलाई एमटी ३० टर्बाइन उपलब्ध गराउने

काठमाडौँ– बेलायती मोटर निर्माता कम्पनी रोल्स रोयसले भारतीय नौसेनाका लागि

जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

बैतडी– जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या

अनुचित सम्बन्ध राख्न अस्वीकार गर्ने महिलाको नाक काटेको आरोपमा ४ जना पक्राउ

काठमाडौँ– आठ महिनाअघि एक जना महिलाको नाक काटेको आरोपमा ४

म्याग्दीको अर्जेखोलामा पक्की पुल निर्माण

म्याग्दी– म्याग्दीको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल

युरोपका ‘नटबरलाल’ : नक्कली हिराखानी बेचबिखन, बैंकको उठिबास

भनिन्छ- ‘परिश्रमको फल मीठो हुन्छ।’ यो शतप्रतिशत सत्य हो। तर