मुलुकका केही भूभागमा वर्षासहित हिमपातको सम्भावना « Khabarhub

मुलुकका केही भूभागमा वर्षासहित हिमपातको सम्भावना


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले आज देशका केही भूभागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार बिहान मुलुकका केही पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सफा रहेको छ ।

विभागले दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागमा मौसम सफा रहनेछ ।

पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

यस्तै, आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ६ : ३४ बजे

पत्रकारितालाई मर्यादित एवं व्यावसायिक पेसा बनाइनुपर्नेमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारितालाई मर्यादित एवं

रैथाने बाली संकटमा, कालो भट्टको बीउ गाउँबाटै हरायो

पाल्पा– माथागढी गाउँपालिका ओलेसका किसानले उब्जाउ गर्नै गरेको स्थानीय दानाको

गगनको निम्तो स्वीकारेका मीनले भने- देउवालाई सर्वोच्च नेता स्वीकार्न हामी सबै तयार छौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी विभाजन हुन नदिन

योगेशले लिखित रुपमै भने : पार्टीले धक्का खाएको छ, ओलीले नेतृत्वबाट बिदा लिनु पर्छ

काठमाडौं- नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको जारी केन्द्रीय