मुलुकका केही भूभागमा वर्षासहित हिमपातको सम्भावना « Khabarhub

मुलुकका केही भूभागमा वर्षासहित हिमपातको सम्भावना


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले आज देशका केही भूभागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार बिहान मुलुकका केही पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सफा रहेको छ ।

विभागले दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागमा मौसम सफा रहनेछ ।

पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

यस्तै, आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ६ : ३४ बजे

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक