पोखरास्थित फिर्केखोलाका संरचना हटाउन ३५ दिने सूचना | Khabarhub Khabarhub

पोखरास्थित फिर्केखोलाका संरचना हटाउन ३५ दिने सूचना


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिकाले बजार क्षेत्रबाट बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका सबै प्रकारका संरचना हटाउने भएको छ ।

पोखरा–१८ को अधेरीकुनादेखि सुरु भएर फेवातालमा मिसिने फिर्केखोलामा मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन महानगरले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

यसअघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दाभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाइने महानगरले जनाएको छ ।

गत साउन पहिलो साता महानगरले फिर्केखोलाको प्राकृतिक बहाव पत्ता लगाउने प्रयोजनका लागि एक प्राविधिक समिति बनाएर सीमाङ्कन सुरु गरेको थियो । सो प्राविधिक समितिले एक महिना लगाएर खोलाको नाप जाँच गरेको थियो ।

प्राविधिक समितिको प्रतिवेदनअनुसार फिर्केखोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका एक सय ६० संरचना निर्माण गरेको पाइएको छ । फिर्केखोला अतिक्रमण गरी खोलामाथि सामाजिक संघसंस्था, विद्यालय तथा व्यक्तिगत घर तथा संरचना बनाएको पाइएको सो प्रतिवेदनमा उल्लेख छ ।

फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ स्थायी संरचना निर्माण गरेको पाइएको छ । खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

महानगरले अतिक्रमित संरचना नहटाएमा महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले  सरकारी बाँकीसरह भुक्तानी गर्नुपर्ने जनाएको छ ।

साविक ग्यार जाति पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नम्बर २, ४, ५, ६, ७, ८, १७ र १८ भएर फेवातालमा मिसिने फिर्केखोलाको लम्बाइ आठ किलोमिटर छ ।

यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको छ । खोलाको उचाइ चारदेखि नौ मिटरसम्म गहिरो रहेको पाइएको हो ।

फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकिन गरिएको खोलाघरको पश्चिमतर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ गरी पाँच सय ८८ सीमास्तम्भ गाडिएका छन् । प्रतिवेदनअनुसार फिर्केखोलामाथि २५ वटा पुल तथा कल्भर्ट रहेका छन् ।

महानगर प्रमुख धनराज आचार्यले सीमाङ्कन समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्न लागिएको र त्यसक्रममा संरचना हटाइने बताए । उनले भने, ‘सम्बन्धित सरोकारवालासँग समन्वय गरेर खोला मिचेर बनाइएका संरचना हटाइनेछ ।’

दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्केको संरक्षण, संवर्द्धन र विशेष सौन्दर्यीकरणको उद्देश्यसहित फिर्के कोरिडोरको विकास कार्यक्रम सञ्चालन गरिने प्रमुख आचार्यले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ९ : ३२ बजे

भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गरौँ : ज्ञानेन्द्र शाही 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट

मधेश सरकारद्वारा स्थानीय तहलाई दुई अर्ब बजेट

जनकपुरधाम– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि

एनओसीमा अनियमितताविरुद्ध नेविसंघको चेतावनी

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वैदेशिक अध्ययनका लागि आवश्यक

जनताको भावना नसमेटेको भन्दै सांसद थापाले सदनमै च्याते बजेट पुस्तिका

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्षको

नेपाल-बङ्‌लादेश पर्यटन सहकार्य : बंगालको खाडीदेखि हिमालयसम्मको यात्रा

काठमाडौं – नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास, ढाकाको सहकार्यमा