न्युजिल्यान्डविरुद्ध अस्ट्रेलियाको रोमाञ्चक जित « Khabarhub

न्युजिल्यान्डविरुद्ध अस्ट्रेलियाको रोमाञ्चक जित


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतमा जारी आइसिसी विश्वकपमा न्युजिल्यान्डविरुद्ध अस्ट्रेलियाले रोमाञ्चक जित हात पारेको छ । ‘हाई स्कोरिङ’ खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले हरायो ।

तीन सय ८९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८३ रन बनायो । न्युजिल्यान्डका रचिन रविन्द्रले ८९ बलमा १ सय १६ रन बनाए । यस्तै जेम्स नीशमले ५८ र ड्यारेल मिचेलले ५४ रन जोडे ।

बलिङतर्फ अस्ट्रेलियाका एडम जम्पाले ३ तथा जोश हेजलवूड र कप्तान प्याट कमिन्सले समान २ विकेट लिए ।

यसअघि धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया ४९ ओभर २ बलमा ३ सय ८८ रनमा अलआउट भयो । अस्ट्रेलियाका ट्राभिस हेडले विश्वकपको डेब्युमा शतक बनाए । उनले ६७ बलमा १ सय ९ रन बनाएर आउट भए ।

यस्तै डेभिड वार्नरले ८१, ग्लेन म्याक्सवेलले ४१, जोश इङ्लिसले ३८ र कप्तान प्याट कमिन्सले ३७ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले समान ३ तथा मिचेल स्यान्टनरले २ विकेट लिए ।

यो जितसँगै अस्ट्रेलियलाको ८ अंक भएको छ र चौथो स्थानमा रह्यो । न्युजिल्यान्डको पनि समान ८ अंक छ र तेस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ८ : ३९ बजे

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई