बंगलादेशविरुद्ध नेदरल्यान्ड्सको उत्कृष्ट जित « Khabarhub

बंगलादेशविरुद्ध नेदरल्यान्ड्सको उत्कृष्ट जित


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आइसिसी विश्वकपमा नेदरल्यान्ड्सले बंगलादेशविरुद्ध सानदार जित निकालेको छ । जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ८७ रनले पराजित भएको हो ।

जवाफी ब्याटिङमा उत्रिएको बंगलादेश ४२.२ ओभरमा १ सय ४२ रनमा अल आउट भयो । बंगलादेशका मेहेदी हसन मिराजले ४० बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

त्यसअघि कोलकातामा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५० ओभरमा २ सय २९ रन बनाउँदा सबै विकेट गुमायो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ६८ रन बनाए ।

यस्तै वेसले बरेसीले ४१ रन जोडे । बलिङतर्फ बङ्लादेशका शोरिफुल इस्लाम, तस्किन अहमद, मुस्ताफिजुर रहमान र मेहदी हसनले समान २ विकेट लिए ।

जारी विश्वकपमा यसअघि नेदरल्यान्ड्सले उपाधि दाबेदार दक्षिण अफ्रिकालाई स्तब्ध पारेको थियो ।

 

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  १० : १२ बजे

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च