बंगलादेशविरुद्ध नेदरल्यान्ड्सको उत्कृष्ट जित « Khabarhub

बंगलादेशविरुद्ध नेदरल्यान्ड्सको उत्कृष्ट जित


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आइसिसी विश्वकपमा नेदरल्यान्ड्सले बंगलादेशविरुद्ध सानदार जित निकालेको छ । जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ८७ रनले पराजित भएको हो ।

जवाफी ब्याटिङमा उत्रिएको बंगलादेश ४२.२ ओभरमा १ सय ४२ रनमा अल आउट भयो । बंगलादेशका मेहेदी हसन मिराजले ४० बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

त्यसअघि कोलकातामा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५० ओभरमा २ सय २९ रन बनाउँदा सबै विकेट गुमायो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ६८ रन बनाए ।

यस्तै वेसले बरेसीले ४१ रन जोडे । बलिङतर्फ बङ्लादेशका शोरिफुल इस्लाम, तस्किन अहमद, मुस्ताफिजुर रहमान र मेहदी हसनले समान २ विकेट लिए ।

जारी विश्वकपमा यसअघि नेदरल्यान्ड्सले उपाधि दाबेदार दक्षिण अफ्रिकालाई स्तब्ध पारेको थियो ।

 

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  १० : १२ बजे

बाबुरामले भने, हाम्रो पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर नयाँलाई मौका दिउँ

काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूहरुको पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर

लोकतन्त्रको भविष्यप्रति एमाले महासचिव चिन्ता : ‘जनताको शासन हो कि अधिनायकको बाटो ?’

काठमाडौँ -नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा लोकतन्त्रको भविष्यप्रति

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५