नेपालमा नर्सको हाहाकार, बेलायत पठाउन कोटा पुगेन, ८० प्रतिशतले लाइसेन्स नै पाएनन् « Khabarhub

नेपालमा नर्सको हाहाकार, बेलायत पठाउन कोटा पुगेन, ८० प्रतिशतले लाइसेन्स नै पाएनन्


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारी नीतिका कारण नेपालमा नर्सिङ कलेजहरू धमाधम बन्द हुँदै गएको चर्चा चलिरहेकै बेला रोजगारीको क्षेत्रमा नर्सहरूको अभाव देखिन थालेको छ । 

रोजगारीमा बेलायत पठाउन सरकारले तोकेको नर्सहरूको कोटासमेत पूरा हुन नसकेको पाइएको छ । अर्कोतर्फ, लाइसेन्सका लागि भएको परीक्षामा ८० प्रतिशत भन्दा बढी नर्सहरू फेल भएका छन् ।

नेपाल सरकारले पहिलोचोटि ‘पाइलट प्रोजेक्ट’का रुपमा एक सयजना नर्सहरूलाई बेलायत पठाउने गरी त्यहाँको सरकारसँग सम्झौता गरेको थियो । तर, यसका लागि खोलिएको आवेदनमा आवश्यकता भन्दा कमको मात्र नाम निस्किएको छ ।

वैदेशिक रोजगार विभाग स्रोतका अनुसार एक सयजना नर्सहरू मागिएकोमा ७१ जनाको मात्रै ‘सर्ट लिस्ट’ मा नाम निस्किएको छ । आवेदन दिनेहरू ७ सय ७१ जना भए पनि अधिकांश नर्सले मागअनुसारको कागजात पुर्‍याउन नसकेको र धेरै नर्सहरू अनुत्तीर्ण भएको स्रोतको भनाइ छ ।

बेलायतमा रोजगारी गर्न चाहने इच्छुक नर्सहरूका लागि सरकारले गत जुलाई २० मा गोरखापत्रमा सूचना नै प्रकाशित गरेर ९० दिनभित्र आवेदन दिन भनेको थियो ।

नेपाल नर्सिङ काउन्सिलका अनुसार देशमा ६७ हजार भन्दा बढी नर्स छन् । यीमध्येबाट १० हजार नर्सहरूलाई विभिन्न चरणमा रोजगारीका लागि बेलायत पठाइने काउन्सिलले दाबी गर्दै आएको छ ।

८० प्रतिशत नर्स अयोग्य
यसैबीच, नेपाल नर्सिङ परिषदले लाइसेन्सका लागि लिएको यस वर्षको परीक्षामा ८० प्रतिशत नर्सहरु अनुत्तीर्ण भएका छन् । नर्सको ३४औँ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक हुँदा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका हुन् ।

शनिबार लिएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले नेपालमा नर्सिङ पढाइको गुणस्तरमाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ ।

परिषदका अनुसार पीसीएल नर्सिङतर्फ १ हजार २ सय ७० जना सहभागी भएका थिए । तीमध्ये २ सय ४६ जना अर्थात १९.३४ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ६ : ४८ बजे

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक