केपी ओली कप टी–२० : सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित | Khabarhub Khabarhub

केपी ओली कप टी–२० : सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केपी ओली कप टी– २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले जित निकालेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गर्दै सुदूरपश्चिमले जित निकालेको हो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेले । यसैगरी, नरेन साउदले ३९, कप्तान राजु रिजालले १९ तथा नारायण जोशीले  १७ रनको योगदान दिए ।

पुलिसका राशिद खानले तीन तथा सुनिल धमला र सागर ढकालले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो ।

पुलिसका कुशल भुर्तेलले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, सुनिल धमलाले ४२ तथा अर्जुन साउदले २० रन जोडे ।

सुदूरपश्चिमका विकाश आग्रीले दुई तथा भोजराज भट्ट र बसन्त खत्रीले एक–एक विकेट लिए ।

आजको नतिजासँगै समूह सीबाट  नेटरन रेटका आधारमा मधेशले  सेमिफाइनलको यात्रा तय गरेको छ भने नेपाल पुलिस क्लब  र सुदूरपश्चिम प्रदेश प्रतियोगिता होडबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १ : २८ बजे

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्