केपी ओली कप टी–२० : सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित « Khabarhub

केपी ओली कप टी–२० : सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केपी ओली कप टी– २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले जित निकालेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गर्दै सुदूरपश्चिमले जित निकालेको हो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेले । यसैगरी, नरेन साउदले ३९, कप्तान राजु रिजालले १९ तथा नारायण जोशीले  १७ रनको योगदान दिए ।

पुलिसका राशिद खानले तीन तथा सुनिल धमला र सागर ढकालले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो ।

पुलिसका कुशल भुर्तेलले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, सुनिल धमलाले ४२ तथा अर्जुन साउदले २० रन जोडे ।

सुदूरपश्चिमका विकाश आग्रीले दुई तथा भोजराज भट्ट र बसन्त खत्रीले एक–एक विकेट लिए ।

आजको नतिजासँगै समूह सीबाट  नेटरन रेटका आधारमा मधेशले  सेमिफाइनलको यात्रा तय गरेको छ भने नेपाल पुलिस क्लब  र सुदूरपश्चिम प्रदेश प्रतियोगिता होडबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १ : २८ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।