दोलखाको मेलुङबाट वार्षिक ३ करोडको सुन्तला बिक्री  « Khabarhub

दोलखाको मेलुङबाट वार्षिक ३ करोडको सुन्तला बिक्री 


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखा जिल्लाको मेलुङ गाउँपालिका भित्रका स्थानीयहरू पछिल्लो वर्षहरूमा कृषितर्फ आकर्षित बन्दै गएका छन् । यहाँका स्थानीयको आम्दानीको मुख्य स्रोत कृषि बन्दै गएको छ ।

भौगोलिक कारण पूर्वाधार विकासमा उदाउँदो मेलुङ पालिका आफ्नो उत्पादनलाई बजार सम्म पुर्‍याएर स्थानीय बजार धान्न सफल भएको पालिका अध्यक्ष हिराकुमार थोकरले बताए । पालिका आलु तथा सुन्तला र खाद्यान्नमा आत्मनिर्भर रहेको उनले बताए ।

पालिका अध्यक्ष थोकरका अनुसार मेलुङले वार्षिक ३ करोड बराबरको सुन्तला बिक्री गर्ने गरेको छ ।  मेलुङको पवटी लगायतका क्षेत्रबाट वार्षिक ३ करोड बराबरको सुन्तला उत्पादन हुँदै आएको अध्यक्ष थोकरले बताए ।

मेलुङका स्थानीयले सुन्तला बिक्रीबाट दुईदेखि ५ लाखसम्म आम्दानी गर्ने गरेका छन् । मेलुङका स्थानीयको आन्तरिक आम्दानीको स्रोत कृषि भएकाले यहाँका किसान कृषिमा आत्मनिर्भर रहेको अध्यक्ष थोकरले बताए ।

मेलुङ सुन्तला खेतीको उर्वर भूमि रहेकाले धेरै किसानले सुन्तलाबाटै राम्रो आम्दानी लिने गरेको उनले सुनाए । मेलुङबाट उत्पादित सुन्तलाले आन्तरिक बजार धान्न सकेको समेत अध्यक्षले बताए । साथै उनले धेरै जसो सुन्तला स्थानीय तामाकोशी बजार र सदरमुकाम चरिकोट बजार लाई मेलुङकाे सुन्तलाले नै बजार धान्न सकेको बताए ।

गाउँपालिकाले चालु वर्षको बजेटमा पनि पूर्वाधार बिकास, शिक्षासंगै कृषिलाई पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उपाध्यक्ष गायत्री आचार्यले बताइन् । पालिकाले दिने अनुदान पनि उत्पादनलाई लक्षित गरी असली किसान र व्यवसायमा लागेका किसानको तथ्याङ्क सङ्कलन गरेर मात्रै दिने गरेको उपाध्यक्ष आचार्यको भनाइ छ ।

सुबास बस्नेत 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १ : ४४ बजे

पछिल्लो २४ घण्टामा विपद्का घटनाबाट ४ जनाको मृत्यु, १४ घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर भएका विपद्का घटनामा परी  ४

चौरजहारी नगरमा एक लाख घुस प्रकरण : लिने नगर प्रमुख र दिने इन्जिनियर दुवैविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाका

आशिकाको फेसबुके निर्देशन विवादमा : सांसदले स्थानीय तहमा हस्तक्षेप गर्न मिल्छ ?

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट– दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन्

आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि सुरु हुने

काठमाडौं– नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय