मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र « Khabarhub

मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ- कोशी नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि मेची राजमार्ग हुँदा पाथीभरा आएका सयौँ यात्रुबीच बाटोमै अलपत्र परेका छन् ।

मेची राजमार्गमा यातायातका साधन नचल्दा तीर्थयात्री अलपत्र परेका हुन् । यातायातका साधन नचल्दा मेची राजमार्गको ताप्लेजुङ–पाँचथर खण्डअन्तर्गत काबेली, गणेश चोक क्षेत्रमा बिहानदेखि यातायात ठप्प रहेको छ ।

गत शनिबार गृह जिल्ला ताप्लेजुङ पुगेका नेकपा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई कालो झण्डा देखाउनाका साथै गाडी तोडफोड गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका दुईजना पहिचानवादी कार्यकर्ताको रिहाइको माग गर्दै राजमार्ग बन्द गराइएको सङ्घर्ष समितिले बताएको छ ।

प्रहरीले पहिचानपक्षधर पाथीभरा याङवराक–घतिरिङे निवासी विविन कालिङ्वा र आनन्द कालिङ्वालाई झुटो आरोप लगाएर मङ्सिर ११ गते पक्राउ गरेको दाबी सङ्घर्ष समितिको छ । प्रहरीले शान्तिसुरक्षा बिथोलेका कारण उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  २ : ५८ बजे

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत